२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिनबारे जान्न आवश्यक सबै कुरा

कोरोना भ्याक्सिनबारे जान्न आवश्यक सबै कुरा


कोभिड—१९ महामारीमाथि नियन्त्रणका लागि संसारका कयौं देशहरुमा खोप अभियान सुरु भइसकेको छ ।

योसँग जोडिएका सूचना र सुझावहरु कयौ पटक पेचिला लाग्न सक्छन् । तर, केही तथ्यहरु छन् जो भ्याक्सिन कसरी काम गर्छ भन्ने सम्झन मद्धत गर्नेछन् ।

के हो भ्याक्सिन ?

भ्याक्सिनले शरीरलाई कुनै बिमारी, भाइरस वा संक्रमणसँग लड्नका लागि तयार गर्छ । भ्याक्सिनमा कुनै जीवका केही कमजोर वा निस्क्रिय अंश हुन्छन्, जो बिरामीको कारण बन्छन् ।

यो शरीरमा इम्युन सिष्टम (प्रतिरक्षा) प्रणालीको संक्रमण (आक्रमणकारी भाइरस) पहिचान गर्नका लागि प्रेरित गर्छ । भाइरसका विरुद्ध शरीरमा एन्टीबडी बनाउँछ, जो बाहिरी आक्रमणसँग लड्न हाम्रो शरीरलाई सहयोग गर्छ ।

भ्याक्सिन लगाउँदाको नकारात्मक असर कमै मानिसहरुमात्रै हुने गर्छ । तर, केही व्यक्तिहरुलाई यसको साइड इफेक्टको सामना गर्न पर्न सक्छ । हल्का ज्वरो आउनु सामान्य दुष्प्रभाव हो ।

भ्याक्सिन लगाइसकेपछिको केही बेरमै उक्त रोगसँग लड्ने इम्युनिटी विकसित भइसक्छ ।

अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)काअनुसार भ्याक्सिन धेरै शक्तिशाली हुन्छ किनभने यो अधिकांश औषधिको विपरित, कुनै बिरामीको उपचार गर्दैन्, तर त्यो बिरामी हुनबाट जोगाउँछ ।

के भ्याक्सिन सुरक्षित छ ?

भ्याक्सिनको एक प्रारम्भिक रुपलाई चीनका वैज्ञानिकहरुले १० औं शताब्दीमा पत्ता लगाएका थिए ।

तर, १७९६ मा एडवर्ड जेनरले पत्ता लगाएकी हल्का ठेउलाको संक्रमणको एक खुराकले गम्भीर संक्रमणबाट सुरक्षा दिन्छ । उनले यसमाथि अध्ययन गरे । आफ्नो सिद्धान्तको परीक्षण गरे र उनको निष्कर्षलाई दुई वर्षपछि प्रकाशित गरे ।

त्यसपछि भ्याक्सिन शब्दको उत्पत्ति भएको हो । भ्याक्सिन ल्याटिन भाषाको Vacca शब्दसँग जोडिएको छ, जसको अर्थ गाई हो ।

भ्याक्सिनलाई आधुनिक विश्वमा सबैभन्दा ठूलो चिकित्सकीय उपलब्धिमध्ये एक मानिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार भ्याक्सिनका कारण हरेक वर्ष करिब २० देखि ३० लाख मानिसको ज्यान जोगिन्छ ।

सिडिसीकाअनुसार बजारमा ल्याउनुपूर्व भ्याक्सिनलाई गम्भीरतापूर्वक जाँच गरिन्छ । सुरुमा प्रयोगशालामा र त्यसपछि जनावरमा यसको परीक्षण गरिन्छ । त्यसपछि मानिसमा भ्याक्सिनको ट्रायल गरिन्छ ।

अधिकांश देशमा स्थानीय औषधि नियमांकबाट अनुमति मिलेपछि मात्रै मानिसलाई भ्याक्सिन लगाइन्छ ।

भ्याक्सिनिकरणमा केही जोखिम जरुर हुन्छ । तर, सबै औषधिजस्तै यसका फाइदाका अगाडि त्यो केही पनि होइन् ।

उदाहरणका लागि बाल्यकालमा हुने केही बिरामी, जो एक पुस्ता अगाडि एकदमै सामान्य थिए, भ्याक्सिनका कारण चाडै लुप्त भए ।

ठेउला जसले लाखौं मानिसहरुको ज्यान लियो, त्यो अहिले पूर्ण रुपमा खतम भइसकेको छ । तर, यो सफलता प्राप्त गर्नका लागि अक्सर दशकौ लाग्न सक्छ । वैश्विक भ्याक्सिनिकरण अभियान सुरु हुनुभन्दा लगभग ३० वर्षपछि अफ्रिकालाई पोलियो मुक्त देश घोषित गरियो । यो एकदमै लामो समय हो ।

विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोभिड—१९ विरुद्ध संसारभर पूर्णतया भ्याक्सिनिकरण गर्न महिनौ वा वर्ष लाग्न सक्छ । त्यसपछि मात्रै हामी सामान्य अवस्थामा फर्किन सक्नेछौं ।

भ्याक्सिन कसरी बनाइन्छ ?

जब एक नयाँ रोगजनक (पैथोजन) जस्तो कि एक जीवाणु, विषाणु, परजीवि र फंगस शरीरमा प्रवेश गर्छ त शरीरको एक उपभाग जसलाई एन्टीजेन भनिन्छ, त्यो उससँग लड्नका लागि एन्टीबडीको उत्पादन सुरु गर्छ ।

एक भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निस्क्रिय अंश हुन्छन्, जो बिमारीको कारण बन्छन् । यो शरीरको इम्युन सिष्टम (प्रतिरक्षा प्रणाली)लाई संक्रमण (आक्रमणकारी भाइरस)लाई पहिचान गर्नका लागि प्रेरित गर्छ । र, त्यो भाइरसका विरुद्ध शरीरमा एन्टीबडी बनाउँछ, जो बाहिरी आक्रमणसँग लड्न हाम्रो शरीरलाई मद्धत गर्छ ।

पारम्परिक भ्याक्सिन शरीरलाई बाहिरी आक्रमणसँग लड्ने क्षमता विकसित गर्छ । तर, भ्याक्सिन विकसित गर्नका लागि अब नयाँ तरिकाहरु उपयोग गर्न थालिएको छ । कोरोनाका केही भ्याक्सिन बनाउन पनि यी नयाँ तरिकाहरु अपनाइएको छ ।

कोभिड भ्याक्सिनको तुलना

फाइजर—बायोएनटेक र मोडर्नाको कोभिड भ्याक्सिन, दुवै म्यासेन्जर आरएनए भ्याक्सिन हुन् । जसलाई तयार गर्नका लागि भाइरसको आनुवंशिक कोडको एक हिस्साको उपयोग गरिन्छ ।

यो भ्याक्सिनमा एन्टीजेनको कमजोर वा निस्क्रिय हिस्साको उपयोग गर्नुको साटो शरीरका कोषलाई सिकाउँछ कि भाइरसको सत्तहमा पाइने स्पाइक प्रोटीन कसरी बनाउने जसको कारण कोभिड—१९ हुन्छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिन पनि अलग छ । वैज्ञानिकहरुले यसलाई तयार पार्नका लागि चिन्पान्जीलाई संक्रमित गर्ने एक भाइरसमा केही बदलाव गरे र कोभिड—१९ को आनुवंशिक कोडको एक टुक्रा यसमा जोडिदिए ।

यी तीन वटा भ्याक्सिनलाई अमेरिका र बेलायतमा आपतकालीन प्रयोगको मन्जुरी दिइएको छ । मेक्सिको, चिली र कोष्टारिकाले पनि कोभिड भ्याक्सिनको व्यवस्थापन गर्न सुरु गरिसकेका छन् । जबकी ब्राजिल सरकारले अक्सफोर्ड र सिनोबैकको भ्याक्सिनलाई हरियो झण्डा देखाएको छ ।

के कोभिडका अन्य भ्याक्सिन पनि छन् ?

चीनको औषधि कम्पनी सिनोबैकले ‘कोरोना—बैक’ नामक भ्याक्सिन बनाएको छ । चीन, सिंगापुर, मलेसिया, इन्डोनेशिया तथा फिलिपिन्समा यसलाई उतारिएको छ । कम्पनीले यो भयाक्सिन बनाउनका लागि पारम्परिक तरिकाको उपयोग गरेको छ । कम्पनीकाअनुसार यो भ्याक्सिन बनाउनका लागि भाइरसको निस्क्रिय अंश प्रयोग गरिएको छ ।

तर, यो कति प्रभावी छ भन्ने कुरालाई लिएर अहिले कयौं सवाल उठिरहेका छन् । टर्की, इन्डोनेशिया र ब्राजिलमा यो भ्याक्सिनको ट्रायल गरिएको थियो । यी देशका वैज्ञानिकहरुले अन्तिम चरणको ट्रयालपछि यो भ्याक्सिन ५०.४ प्रतिशत प्रभावी भएको बताएका छन् ।

भारतमा पनि दुई भ्याक्सिन तयार भइरहेका छन् । एकको नाम हो—कोभिशिल्ड, एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकले तयार गरेको यो भ्याक्सिन सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ । र, दोस्रो भ्याक्सिन भारतीय कम्पनी भारत बायोटेकले बनाइरहेको कोभ्याक्सिन हो ।

रुसले आफ्नै कोरोना भ्याक्सिन तयार गरेको छ । जसको नाम हो—स्पुतनिक—५ । यसलाई भाइरसको संस्करणमा थोरै परिवर्तन गरेर तयार गरिएको हो । यही भ्याक्सिन अर्जेन्टिनामा पनि प्रयोग गरिदैछ । आफ्नो खोप अभियानका लागि अर्जेन्टिनाले यो भ्याक्सिनको तीन लाख डोज मगाइसकेको छ । अफ्रिकी युनियनले पनि भ्याक्सिनको लाखौं डोज मगाएको छ । तर, उसले अर्डर कयौं औषधि कम्पनीलाई दिएको छ । अफ्रिकी युनियनले फाइजर, एस्ट्राजेनेका (सिरम इन्स्टिच्युट) र जोनसन एन्ड जोनसनसँग भ्याक्सिन अर्डर गरेको छ । जोनसन एण्ड जोनसनले अहिलेसम्म आफ्नो भ्याक्सिन फाइनल गरिसकेको छैन ।

के कोभिड भ्याक्सिन लिनुपर्छ ?

कही पनि कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरिएको छैन् । तर, धेरै मानिसहरुलाई कोभिड भ्याक्सिन लगाउन सल्लाह दिन थालिएको छ । तर, स्वास्थ्य सम्बन्धि समस्यासँग जुधिरहेका मानिसहरुका लागि यो अपवाद हो ।

सिडिसीकाअनुसार भ्याक्सिन न केवल कोभिड—१९ बाट सुरक्षा दिन्छ यो दोस्रो व्यक्तिलाई पनि सुरक्षित गर्छ । यसका अलावा सिडिसीले खोपकरण महामारीबाट बाहिर निकाल्ने सबैभन्दा महत्वपूर्ण अस्त्र बताएको छ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि संक्रमण रोक्नका लागि कमसेकम ६५—७० प्रतिशत मानिसलाई भ्याक्सिन लगाउनुपर्छ । जसको मतलब हो धेरैभन्दा धेरै मानिसहरुलाई भ्याक्सिन लगाउनका लागि प्रेरित गर्नुपर्छ ।

धेरै मानिसहरुलाई कोभिड भ्याक्सिन तयार भएको रफ्तारलाई लिएर कयौ चिन्ताहरु छन् । यो साँचो हो कि वैज्ञानिक एक भ्याक्सिन विकसित गर्नका लागि कयौ वर्ष लगाउँछन् । तर, कोरोना महामारीको समाधान खोज्नका लागि रफ्तारलाई काफी बढाइयो ।

यही कारण विश्व स्वास्थ्य संगठन वैज्ञानिक, व्यापारिक र स्वास्थ्य संगठनहरुका साथ मिलेर काम गरिरहेको छ । संक्षेपमा भन्ने हो भने अर्बौ मानिसहरुमा खोपकरणबाट कोभिड—१९ फैलनबाट रोक्न सकिनेछ र संसार हर्ड इम्युनिटीतर्फ अगाडि बढ्नेछ । विशेषज्ञकाअनुसार हर्ड इम्युनिटीबाट दुनियाँ सामान्य जीवनमा फेरि फर्किनेछ ।

बीबीसी हिन्दीबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ