२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रगत जम्ने समस्या प्राणघातक पनि हुनसक्छ, यी हुन् लक्षण

रगत जम्ने समस्या प्राणघातक पनि हुनसक्छ, यी हुन् लक्षण


‘ब्लड क्लट’ अर्थात रगतमा थक्का हुनु कहिलेकाहिँ राम्रो मानिन्छ। किनभने यदि तपाईलाई कुनै चोटपटक लाग्दा शरीरबाट धेरै रगत निकल्न पाउदैन। तर यो सधै राम्रो भने मानिदैन। जब रगतको थक्का शरीरजी नसामा हुन थाल्छ तब यो खतरनाक बन्ने गर्छ। खासमा थक्काले रगतको प्रवाहलाई रोक्दछ जसकारण ज्यान नै जाने खतरा पनि हुने गर्छ। यी बल्ड कल्टका लक्षणलाई वेवास्ता गर्नु स्वास्थ्यको लागि खतरनाक सावित हुनसक्छ।

१. हात वा खुट्टा सुनिने

यदि तपाइको हात वा खुट्टा सुन्निएको छ भने ब्लड क्लटको एक लक्षण पनि हुनसक्छ। स्वास्थ्यसँग सम्बन्धित जानकारीदिने वेबसाइट वेबएमडीको अनुसार यदि तपाईलाई दुखाइको साथमा सुन्निने समस्या छ भने तत्काल डाक्टरसँग सम्पर्क राख्नुहोस्।

२. त्वचा रातो हुनु

यदि पाखुरा र खुट्टा तन्काउदा दुख्ने र सुन्निने समस्या छ र त्वचाको रङ गाढा रातो वा निलो पर्ने गर्छ भने त्यो पनि ब्लड कल्टको सङ्केत हो। यदि तपाईमा यो लक्षण छ र वेवस्ता गर्नु भएको छ भने पछि गएर खतरनाक हुनसक्दछ।

३. छाति दुख्ने

हरेकपटक छातिको दुखाइ हृदयघातको मात्र संकेत हुँदैन। यो पल्मोनरी एम्बोलिज्मको लक्षण पनि हुनसक्छ। यसमा फोक्सोमा रगत जम्ने गर्छ। खासमा यो समस्या भएको व्यक्तिलाई तेज दुखाइ हुन्छ र श्वास लिँदा झनै दुखाइ बढ्छ। यस्तो अवस्थामा पनि तुरुन्त डाक्टरलाई देखाउनु पर्दछ।

४. श्वास लिनमा समस्या

यो एक गम्भीर लक्षण हो। खासमा जब फोक्सोमा रगत जम्ने गर्छ तब अक्सिजनको प्रवाह कम हुँदै जान्छ। जसकारण श्वास लिन समस्या हुने गर्छ। यदि यो लक्षण अचानक देखिएमा तुरुन्तै जाँच गराउन आवश्यक छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ