२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकी विशेषज्ञको दावी : बालबालिकालाई गम्भीर बिरामी पार्ने कोरोना नयाँ भेरिएन्ट देखिन सक्छ

अमेरिकी विशेषज्ञको दावी : बालबालिकालाई गम्भीर बिरामी पार्ने कोरोना नयाँ भेरिएन्ट देखिन सक्छ


अमेरिका-अमेरिकामा अहिले दैनिक २० लाख र भारतमा ३० लाख मानिसलाई कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाइदैंछ । दुवै देश जतिसक्दो चाडो आफ्नो देशको वयस्क जनसंख्यालाई भ्याक्सिन दिन खोजिरहेका छन् ।

तर, केही विशेषज्ञहरुले कोरोना विरुद्धको लडाइ जित्नका लागि बालबालिकालाई भ्याक्सिन दिने जरुरी हुने बताइरहेका छन् । ती वैज्ञानिकहरुको दावी छ कि यदि बालबालिकालाई भ्याक्सिन दिइएन भने चाँडै बालबालिकालाई गम्भीर बिरामी बनाउने कोरोना भेरियन्ट देखिनेछ ।

अमेरिकाको ब्रिघम एण्ड वुमेन्स हस्पिटलको डिपार्टमेन्ट अफ इमर्जेन्सी मेडिसिनका चिकित्सक जेरेमी सैमुअल फास्ट एवं जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भाइरोलोजिष्ट डा. एन्जेला रासमुसेनको भनाइमा बच्चामा कोरोना गम्भीर बिरामीका घटनाको संख्या कम हुनुका बाबजुद पनि बालबालिकाहरुलाई तीब्र गतिमा भ्याक्सिन दिनुपर्नेमा जोड दिनुपर्छ ।

पहिलो कारण : बच्चामा कोरोनाको लामो समयका लगि हुने असर (जस्तो इन्फ्लेमेटरी सिन्ड्रोम)का जति पनि मामला देखिए, तिनीहरु गम्भीर प्रकृतिका थिए । भलै, यसको संख्या कम छ ।

कोरोनाको कयौं खराब प्रभावलाई लिएर स्थिती अझै स्पष्ट छैन । कारण यो छ कि बच्चामा कोरोनाका ज्यादातर केस एसिमटोमेटिक छन् । यस्तोमा बुवाआमालाई कोरोना भएको कुरा थाहा नै हुँदैन् । यो दोस्रो कारण सबैभन्दा महत्वपूर्ण छ, तर यसमाथि सबैभन्दा कम ध्यान छ ।

वास्तवममा, यो कुराको पूरा सम्भावना छ कि भाइरस फैलिइ रहनेछ । र, यसको अझ खतरानाक भेरिएन्टमा बदलिरहनेछ । बदलिएका नयाँ भेरिएन्टमध्ये कसैले बालबालिकालाई पनि नराम्रो असर पार्न सक्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ