२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वस्थ रहन र अनुहारमा सुन्दरता ल्याउन खाने गर्नुहोस अंगुर

स्वस्थ रहन र अनुहारमा सुन्दरता ल्याउन खाने गर्नुहोस अंगुर


अंगुर हाम्रो स्वास्थको लागि निकै फाइदाजनक छ। अंगुर दुई प्रकारको हुन्छ। कालो र हल्का हरियो रङको। अंगुर खाँदा त्वचामा निखार आउनुको साथै कयौं रोगका बिरामीलाई फाइदा मिल्ने गर्छ।

अंगुरमा सोडियम, पोटाशियम, सिट्रिक एसिड, पोटाशियम सलफेट, म्याग्नेशियम र आइरन तत्व प्रशस्त मात्रामा पाइन्छ। जुन हाम्रो स्वास्थ्यको लागि निकै उपयोगी मानिन्छ। यो हाम्रो स्वास्थ्यको लागि वरदान हो।

यी हुन् अंगुरका फाइदा

मधुमेहका बिरामीका लागि अंगुर निकै फाइदाजनक मानिन्छ। यसले बल्ड सुगरलाई पनि नियन्त्रित राख्छ। यसमा आइरनको स्रोत पाइने गर्छ।

ठाउँको दुखाइ कम गर्छ

पूरा दिन अफिस र घरमा काम गर्दा शरीरमा थाकान महसुस हुन्छ। यस्तो अवस्थामा अंगुरको सेवन गर्दा थाकान र ठाउँको दुख्ने छिटो ठिक हुन्छ। साथै अंगुरले तपाईको स्मरणशक्ति पनि तेज गर्छ।

डार्क सर्कल हटाउँछ

अंगुरको रस आँखाको तल हुने डार्क सर्कललाई हटाउने गर्छ। यसले आँखालाई सितलता पनि प्रदान गर्छ। यसबाहेक आँखामा हुने मोतीविन्दुको समस्या भएको व्यक्तिलाई पनि राहत प्रदान गर्दछ।

अनुहारको लागि गुणकारी

अंगुरले अनुहारमा निखार ल्याउँछ। र दाग, धब्बाबाट पनि छुट्कारा दिन्छ।

कब्जियतबाट मुक्ति

यदि तपाई कब्जियतबाट पीडित हुनहुन्छ भने तपाईले पर्याप्त अंगुर सेवन गर्न उपयुक्त हुन्छ। यसबाट मुक्ति पाउन अंगुरमा थोरै कालो मरिच र नुन हालेर सेवन गर्नुहोस। यसले पाचनक्रिया ठिक गराउनुको साथै कब्जियतबाट मुक्ति गर्छ।

हृदय रोगबाट टाढा राख्छ

मुटुसँग सम्बन्धित रोगबाट पीडित व्यक्तिको लागि अंगुर अमृत समान मानिन्छ। यसको नियमत सेवनले हृदयसँग जोडिएका धेरै रोगहरुलाई निवारण गर्ने काम गर्छ। हृदय रोग भएका मानिस हृदयघात हुनबाट बच्न सक्छन ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ