२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु

सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु


सम्भोग प्रजनन र शारीरिक सन्तुष्टिसँग मात्र नभई स्वास्थ्यसँग पनि उत्तिकै सम्बन्धित रहेको छ । हुनत: प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा यसको अनुभव गरेका हुन्छन् । सम्भोग वा नियमित यौनसम्बन्धको फाइदाबारे त हामीले धेरै सुन्दै आएका छौ । तर, यौनसम्पर्क गर्न छोड्यो भने यसले व्यक्तिमा के–कस्ता परिवर्तन र असर देखा पर्छ ? भन्ने विषयमा हामी अधिकांश अज्ञात नै रहेका छौ ।

यस्ता छन् व्यक्तिले सम्भोग राख्न छोडेपछि देखिने परिणामहरुः

  •  एन्जाइटीको समस्या,
  •  मुटुरोग सम्बन्धि समस्या,
  • स्मरण क्षमतामा हृास,
  • कमजोर प्रतिरोध क्षमता,
  • अस्वस्थ्यकर प्रोटेस्ट,
  • पार्टनरसँगको मनमुटावबाट तनाव,
  • उचित निन्द्राको अभाव,
  • पछि पुनः सम्भोग गर्दा विविध समस्याहरु देखिनु,
  • उच्च रक्तचापको समस्या,

यौन शारीरिक मात्र नभई एक मनोवैज्ञानिक पक्ष पनि हो । यससम्बन्धि विभिन्न अध्ययनहरु समेत भएका छन् ।  यसै विषयमा अध्ययन गरेका एक सामाजिक मनोवैज्ञानिक अमान्डा गेस्सेल्मन भन्छन्, ‘यौनबिना कुनै पनि जोडिबीचको सुमधुर सम्बन्धको परिकल्पना गर्न सकिदैन । अर्थात्, यौनसम्बन्ध स्थापित नभएको खण्डमा आफ्नो पार्टनरप्रतिको भावना स्वतः घट्दै जाने हुन्छ । र, यसको एक कारण भनेको मनोवैज्ञानिक पक्ष पनि हो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ