२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु

भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु


नयाँदिल्ली—कोरोना तीब्र रुपमा फैलिएको भारतमा एकैदिन ८९ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ७१३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण जित्नेको संख्या भने पछिल्लो २४ घण्टामा ४४ हजार १ सय ७६ रहेको छ ।

एकैदिन ८९ हजार संक्रमण निकै धेरै मानिएको छ । जुन आँकडा भारतमा यसअघि कोभिड—१९ संक्रमणको पीक अवस्थामा भेटिएका संक्रमितहरुको भन्दा ९ हजार मात्रै कम हो ।

यसअघि १६ सेप्टेम्बरमा एकैदिन ९७ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो
। त्यसपछि भारतमा कोरोना संक्रमितको संख्या कम हुन थालेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ