२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण


बलिउडका अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण देखिएको छ। उनले सामाजिक संजाल ट्विटरमार्फत आफुलाई आइतबार कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

उनले संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेको र चिकित्सकको सल्लाह लिइरहेको बताए। उनले आफ्नो  ट्विटरमा लेखेका छन्, ‘मेरो सम्पर्कमा आउने सबै मानिसलाई जाँच गराउन र आफ्नो ध्यान राख्न अनुरोध गर्दछु।’

अभिनेता अक्षयभन्दा अघि रणबीर कपूर, आलिया भट्ट, आदित्य नारायण, रूपाली गांगुली, कार्तिक आर्यन र आमिर खान समेतका बलिउड कलाकारहरुमा संक्रमण पुष्टि भैसकेको छ।

हाल भारतमा कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ९३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ