२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व स्वास्थ्य दिवस : मुटुलाई स्वस्थ राख्न खानुहोस यी रातो रङको खानेकुरा

विश्व स्वास्थ्य दिवस : मुटुलाई स्वस्थ राख्न खानुहोस यी रातो रङको खानेकुरा


मुटुलाई स्वस्थ राख्न तपाई के-के मात्र गर्न हुँदैन। यस्तोमा मुटुको हेरचाह गर्नको लागि सबैभन्दा राम्रो तरिका भनेको स्ट्रेस फ्री लाइफसँगै डाइटको पनि ध्यान राख्नुपर्छ। हेल्थ एक्सपर्ट्स रअध्ययनअनुसार रातो रङ भएको खानेकुरा डाईटमा समावेश गर्नाले मुटु बलियो हुन्छ। आज विश्व स्वास्थ्य दिवस हो। यसै सन्दर्भमा हामी केहि अध्ययनबाट पत्ता लागेको केहि टिप्स दिंदै छौँ जसले तपाईको मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ।

स्याउ

यस कुरामा कुनै दुईमत छैन कि दैनिक एउटा स्याउ खाँदा रोगहरु हट्ने गर्छ। स्याउले ४० प्रतिशत कोलेस्ट्रोल कम गर्दछ। । भने, मेनोपोजको समस्या भएका ३४ हजार महिलामा १८ वर्षसम्म गरिएको एक अध्ययनले स्याउ खाँदा हृदय रोगबाट मृत्यु हुने खतरा कम हुने देखाएको छ।

अनार

अनारमा एन्थोसायनिन जस्तो एन्टीअक्सिडेन्ट पाइन्छ। अनारको जुसले सुन्निने समस्यासँग लड्न मद्दत गर्छ। कोलेस्ट्रोल पनि घटाउँछ। हृदयका बिरामीले दैनिक एक अनार खानु आवश्यक छ।

स्ट्रबेरी

स्ट्रबेरी र रसभरी एन्थोसायनिन र क्यू रसेटिन जस्ता एन्टीअक्सीडेन्ट पर्याप्त पाइन्छ। यसले मुटुको कार्यमा लाभ दिन्छ। स्ट्रबेरीमा भरपुर मात्रामा पोटाशियम र फाइबर हुन्छ जसले ब्लड सुगरलाइ नियन्त्रित राख्छ। जसले हृदय रोगको कारक बनाउने डायबेटिजबाट बच्न सकिन्छ।

गाँठे

गाँठेमा भिटामिन बी, आइरन, कोपर, म्याग्नेसियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ। यसमा नाइट्रेट पनि भरपूर हुन्छ जसले शरीर नाइट्रिक एसिडमा बदल्छ। यो रक्त प्रवाहमा सुधार ल्याउन र ब्लड प्रेशर कम गर्न मद्दत गर्छ।

गोडभेला

गोडभेला,मा लाइकोपिन नामक तत्व भरपूर मात्रा पाइन्छ। लाइकोपिन खासमा मुटुलाई स्वस्थ राख्न र हृदय रोगबाट बचाउन ठुलो भूमिका निभाउछ।

मुसुरोको दाल

यो दाल फाइबरयुक्त हुन्छ। र लो ग्लामइसेमिक फूड पनि हो जसकारण रातो दालमा प्रोटीन पाइन्छ। यसले ब्लड शुगरको लेभल सन्तुलित राख्न मद्दत गर्छ। यसमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम हुन्छ जसले मुटुलाई स्वस्थ राख्छ।

खरबुजा

खरबुजामा ९० प्रतिशत पानी हुन्छ। यो फलमा गोडभेलामाभन्दा बढी लाइकोपिनको मात्रा पाइन्छ। लाइकोपिनमा एन्टीअक्सीडेन्ट हुन्छ जसले मुटु रोगको खतरामा कमी ल्याउँछ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ