२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोरोनाबाट ज्यान गुमाउने ८ जनाको एकै चितामा दाहसंस्कार

भारतमा कोरोनाबाट ज्यान गुमाउने ८ जनाको एकै चितामा दाहसंस्कार


भारतको महाराष्ट्रस्थित बीड जिल्लामा कोरोनाबाट ज्यान गुमाउने ८ जनाको अन्तिम संस्कार एकै चितामा गरिएको छ। भारतीय एक अधिकारीले बुधबार अस्थायी शवदाह गृहमा ठाउँको अभावले गर्दा एकै चितामा दाहसंस्कार गर्नुपरेको जानकारी दिए।

उनका अनुसार अम्बाजोगई नगरको शवदाहगृहमा सम्बन्धित मानिसको अन्तिम संस्कार गर्दा स्थानीयबासीले विरोध गरेका थिए। अम्बाजोगई नगर परिषदका प्रमुख अशोक साबले एक भारतीय संचार माध्यमसँग कुरा गर्दै भने,’अहिले हामीसँग शवदाहगृह त छ तर सम्बन्धित मृतकको अन्तिम संस्कार गर्दा स्थानीयबाट विरोध आयो त्यसैले हामी नगरभन्दा २ किलोमिटर पर एक अन्य स्थान खोज्न पर्यो। नयाँ अस्थायी अन्त्येष्टि गृहमा ठाउँ कम थियो। ‘

‘विरोध पछि एक ठुलो चिता बनाएर ८ शवको दाहसंस्कार गरेका हौँ  । यहाँ शवहरुलाई निश्चित दूरीमा राखिएको थियो।,’अधिकारीले भने।

उनका अनुसार कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ र मृत्युको आकडा पनि बढिरहेको छ जसकारण शवदाह गृहलाई विस्तारित गर्न तथा मानसून सुरु हुनुअघि वाटरप्रूफ बनाउने योजनाको तयारी भैरहेको छ।

उक्त क्षेत्रमा मंगलबारमात्रै ७ सय १६ जनामा संक्रमण पाइएको थोयो। र जिल्लामा हाल ६ सय ७२ जनाको मृत्यु भैसकेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ