२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि लगायो प्रतिबन्ध

न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि लगायो प्रतिबन्ध


न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि प्रतिबन्ध लगाएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री जोसिन्डा अडर्नले बिहिबार भारतमा कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै उक्त कदम उठाएकी हुन्।

उनका अनुसार ११ अप्रिलबाट २८ अप्रिलसम्म प्रतिबन्ध जारी रहनेछ। उनके भनिन्, ‘भारतबाट आउने सबै यात्रीहरुलाई प्रतिबन्ध लगाइएको छ। भारतमा फैलिएको कोरोना संक्रमणले गर्दा विश्वभर नै भ्याक्सिनको आपूर्तिमा संकट आउने देखिन्छ।’

केहि सातादेखि भारतमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ लाख २६ हजारभन्दा बढी केस थपिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ