२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा एकैदिन भेटिए १ लाख ४४ हजार बढी कोरोना संक्रमित

भारतमा एकैदिन भेटिए १ लाख ४४ हजार बढी कोरोना संक्रमित


नयाँदिल्ली—भारतमा एकैदिन १ लाख ४४ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ४४ हजार ८ सय २९ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो भारतमा एकैदिन देखिएको अहिलेसम्मकै बढी संख्या हो । यस्तै, भारतमा कोरोना संक्रमणबाट ७ सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७ हजार १ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण बढेसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या १० लाख नाघेको छ । त्यहाँ अहिले संक्रिय संक्रमित १० लाख ४६ हजार ६ सय ३१ जना पुगेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ