२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित

भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित


काठमाडौँ – भारतमा हरेक दिन कोरोना भाइरसको रेकर्ड तोडिरहेको छ। आइतबार पनि साढे १ लाख भन्दा बढी केससँगै पुन नयाँ रेकर्ड कायम भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ केस पुष्टि भएको हो ।

यस्तै, शनिबार मृत्यु हुनेको संख्या मात्रै ८ सय ३९ रहेको छ। यससँगै भारतमा संक्रमण पुष्टि हुने संख्या १ करोड ३३ लाख ५८ हजार ८ सय ५ जना र निको हुने संख्या १ करोड २० लाख ८१ हजार ४ सय ४३ पुगेको छ। भने हालसम्म १ लाख ६९ हजार २ सय ७५ जनाले ज्यान गुमाए।

संक्रमण फैलिएसँगै यसलाई नियन्त्रणको लागि सरकारले कयौं ठाउँमा लकडाउन गरेको छ। यस्ता, कोरोना खोप अभियान कार्य पनि तीव्ररुपमा अघि बढाइएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ