२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना खोपको अभावले ६० देशको अभियान प्रभावित हुने अनुमान

कोरोना खोपको अभावले ६० देशको अभियान प्रभावित हुने अनुमान


कोरोना भाइरसको खोप निष्पक्ष वितरणको लागि सुरु गरिएको कार्यक्रम ‘कोभ्याक्स’ कार्यक्रमअन्तरर्गत पाउनु पर्ने खोपको आपूर्तिमा बाधा आउदा विश्वका केहि गरिब देश सहित ६० देशको खोप कार्यक्रम प्रभावित बन्ने अनुमान गरिएको छ।

दैनिक आधारमा संकलित युनिसेफको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ९२ विकसित देशमा आपूर्ति गर्नको लागि २०लाखभन्दा कम कोभ्याक्स डोजलाई मन्जुरी दिइएको थियो। बेलयातमा मात्रै त्यति नै डोजको आपूर्ति गरिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रस अधानम घेब्रेयेससले खोपको विश्ववितरणलाई स्तब्ध गराउने असन्तुलनको आलोचना गत्दै भनेका थिए, ‘धनी राष्ट्रमा औसतमा ४ मध्य १ जनालाई कोरोनाको खोप दिइएको छ। तर कम आय भएको देशमा ५ सय जनामा मात्र १ जनाले खोप प्राप्त गरेका छन्।’

भारतले वृहत स्तरमा ‘एस्ट्राजेनेका’खोप उत्पादन गर्ने सीरम इंस्टीट्यूटमा तयार भएको खोपको निर्यात हालै रोकेको छ। ‘विश्व स्तरमा खोपको अभाव हुनुको प्रमुख कारण बनेको छ। जुन देशमा कोभ्याक्सको सबैभन्दा अघि आपूर्ति भएको थियो त्यहाँ १२ सातामा दोस्रो डोज पुर्याउनु पर्ने थियो तर त्यो हुन सकेन। जसले गर्दा आशंकाको अवस्था सृजना भएको छ। ‘ , महानिर्देशक घेब्रेयेससले भने।

खोप आपूर्ति गर्ने संगठन ‘गाभी’ले खोपको आपूर्तिमा ढिलाई हुँदा ६० देश प्रभावित भएको बताएका छन्। समाचार एजेन्सी एपीका अनुसार आपूर्तिमा अनिश्चितताका कारण केहि देशहरुको कोभ्याक्सबाट विश्वास उठिरहेको स्वास्थ्य संगठनले उल्लेख गरेको छ। जसकारण सङ्गठनमाथि रुस र चीनको खोपको अनुमोदनको लागि दवाव बढिरहेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ