२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा दिनप्रतिदिन बढ्दै कोरोना, एकैपटक १ लाख ६८ हजारमा संक्रमण

भारतमा दिनप्रतिदिन बढ्दै कोरोना, एकैपटक १ लाख ६८ हजारमा संक्रमण


भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाको १ लाख ६८ हजार ९ सय १२ जनामा संक्रमित थपिएका छन्।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको छ।

यस्तै, कुल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७ सय १७ पुगेको छ। सबैभन्दा बढी कोरोन संक्रमण महाराष्ट्र, छत्तीसगढ़, उत्तर प्रदेश, कर्नाटक, दिल्ली, तमिलनाडु, मध्य प्रदेश, गुजरात, हरियाणा, राजस्थान, पन्जाब, केरला, तेलंगाना, उत्तराखण्ड, आन्ध्रा प्रदेश र पश्चिम बङ्गालमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ