२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यहावाको माध्यमबाट तीव्ररुपमा कोरोना फैलिरहेको लेनसेटको दावी

हावाको माध्यमबाट तीव्ररुपमा कोरोना फैलिरहेको लेनसेटको दावी


हावाको माध्यमबाट तीव्ररुपमा कोरोना फैलिरहेको हेल्थ रिसर्च जर्नल लेनसेटको दावी छ। लेनसेन्टले अनुसन्धानबाट बलियो प्रमाण मिलेको उल्लेख गरेको छ।

जर्नलमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठन र दोस्रो हेल्थ एजेन्सीले भाइरसको प्रसारको परिभाषामा तत्काल परिवर्तन गर्नुपर्दछ ताकी यसको फैलावटलाई रोक्न सकियोस।’

अमेरिका, बेलायत र क्यानडाको ६ वटा अनुसन्धानकर्ताले कोरोना प्रसारमा भएको अनुसन्धानको अध्ययन गरेका थिए। अध्ययन पछि भाइरस हावाको मध्यमबाट प्रसार हुने प्रमाण मिलेको उल्लेख गरेका छन्।

यीमध्ये सबैभन्दा पहिला एक सुपर स्प्रेडर इभेन्ट्सको जिकिर गरिएको छ। जसमा एक संक्रमितबाट ५३ मानिसमा फैलिएको छ। उक्त व्यक्तिहरुमा हावाको फैलावटबाट कोरोना सरेको हो। एक-अर्काको नजिक नजाने, र एकै सतहमा पटक-पटक छुन नहुने बताइएको छ।

अध्ययनका अनुसार खुल्ला ठाउँभन्दा बन्द ठाउँमा बढी संक्रमण ज्यादा हुन्छ।

यस्तै, भाइरसको साइलेन्ट ट्रान्समिशन ती व्यक्तिमा ज्यादा हुन्छ जसमा रुघाखोकी को कुनै पनि लक्षण देखिदैन। ४० प्रतिशत प्रसार त्यसैगरी भएको थियो। उक्त साइलेन्ट ट्रान्समिशन विश्वभर फैलिएको प्रमुख कारण हो।

एक विज्ञले भने,’ ड्रोपलेट्सको मद्दतले भाइरस तीव्र रुपमा फैलिएको भन्ने कुराको प्रमाण कम प्राप्त भयो। वृहत ड्रोप्लेट्स हावामा बस्न सक्दैन र खसेर सतहलाई संक्रमित बनाउँछ। यसबाट हावामा भाइरसको फैलावटसम्बन्धि बलियो प्रमाण मिलेको हो।’

हात धुने, सतहलाई सफा गर्ने अहिले निकै जरुरी रहेको विज्ञहरुको सुझाब छ। तर यति मात्र नभई हावाको माध्यमबाट फैलने प्रसारलाई रोक्न तुरुन्त जरुरी कदम उठाउन पर्ने देखिएको उनीहरुको भनाई छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ