२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यएलर्जीको असर यौनजीवनमा पनि

एलर्जीको असर यौनजीवनमा पनि


व्यक्तिमा एलर्जी कुनै एक विशेष मात्र नभई विभिन्न कारण देखा पर्छ । खानाको एलर्जी होस् वा वातावरणीय एलर्जी या त कुनै गन्धको । अधिकांश एलर्जीमा नाक बन्द हुने या लगातार नाकबाट सिंगान बगिरहने, आँखा रातो हुने, पेट दुख्ने, शरीर चिलाउनेजस्ता अधिक लक्षणहरु देखिन्छ ।

वास्तवमै यी लक्षणहरु पिडादायिक एवम् कष्टपूर्ण पनि हुने गर्छन् । तर, हामीले झट्ट हेर्दा यसको असर यति मात्र देखिने भएपनि यथार्थमा गएर गहन रुपमा बुझ्ने हो भने यसले व्यक्तिको सम्पुर्ण जीवनशैलीमा नै असर पु¥याइरहेको हुन्छ । यो तथ्य अध्ययनले समेत पुष्टि गरेको छ । अर्थात्, एलर्जीका कारण व्यक्ति रातमा समेत उचित रुपमा निदाउन सक्दैनन् । जसले उनीहरुको जीवनमा प्रत्यक्ष असर गरिरहेको हुन्छ ।

यससँगै विज्ञानले एलर्जीले व्यक्तिको यौनजीवनमा समेत समान असर पु¥याउने तथ्य सार्वजनिक गरेको छ । कति अनि कसरी असर गर्छ त? यस विषयमा एलर्जीका लक्षण स्वरुप रुघाखोकी र ज्वरो समेत देखिएका ४ सय व्यक्तिमा गरिएको सवेक्षणमा ८३ प्रतिशतले एलर्जीका कारण कहिँलेकाहि आफ्नो यौन जीवनमा समेत असर पर्ने गरेको बताएका थिए भने ७० प्रतिशतले यसले आफ्नो यौनजीवनमा प्रायजसोः सधै नै असर पार्ने गरेको बताएका थिए ।

एमडी तथा हेड एन्ड नेक संस्थाका अध्यक्ष माइकल बेन्निगर यसले पार्ने असरबारे बताउँदै भन्छन्; ‘व्यक्तिहरु विरलै ँछन् । तर, यो साँचो हो कि एलर्जीले व्यक्तिको यौन जीवनसंगसंगै आपसी सम्बन्धमा समेत ठूलो असर पार्छ ।’ आखिर कसरी त?

यस सर्वेक्षणका हिस्सेदार समेत रहेको उनी भन्छन्, ‘नाक बन्द हुने एलर्जीको मुख्य समस्या भएका कारण उनीहरु राम्ररी रातमा सुत्न समेत सकेका हुदैनन् । जसले उनीहरुको इनर्जीमा समेत हृास ल्याउँछ । र, यौनका लागि रुचि भएपनि शरीरमा तागत हुदैन । यसैगरि नाक बन्द भएकै कारण उनीहरुलाई लामो–लामो सास फेर्न समेत अहसज हुन्छ । जसले यौन जीवनलाई रोमाञ्चक बनाउनमा बाधा पु¥याउँछ ।’ यस्तै यौनक्रिडाको बीच गरिने हाँछ्यु उचित नरहने समेत उनी बताउँछन् ।

तसर्थ यस समस्याबाट छुटकारा पाउने गतिलो मन्त्र भनेकै एलर्जीको लक्षणबाट टाढा रहनु वा लक्षणलाई कम गर्ने कोशिस नै रहेको विज्ञहरुको भनाई रहेको छ । उनीहरुका अनुसार, के वस्तुबाट एलर्जी भएको त्यसबाट सकभर टाढा रहने प्रयास गर्नुपर्छ । अर्थात्, यसका लागि चिकित्सकको परामर्श समेत लिन सकिन्छ । यसबाहेक केहि यस्ता विशेष खालका अवस्थाहरु समेत हुन्छन्, जुन चिकित्सकलाई देखाउनै पर्ने अपरिहार्य अवस्था बनिदिन्छ । जस्तोः तपाईसंग अन्य कुनै विकल्प छैनन्, या यौनबाट तपाई सकभर टाढा नै रहन खोज्नुहुन्छ । अथवा, तपाईको शरीरमा अन्य रोगहरु पनि छन् भने त्यस्तो अवस्थामा अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ