२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं

स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं


ललितपुर—सानेपास्थित स्टार अस्पतालमा सरकारले उपलब्ध गराएको कोभिड-१९ खोप भेरोसेल लगाइदैंछ । जिल्ला स्वास्थ्य कार्यलय ललितपुरले स्टार अस्पताल अस्पतालमा पनि खोप केन्द्र तोकेको हो ।

‘हामीले सर्वसाधारणलाई सहज र सरल तरिकाले खोप लिने वातावरण बनाएका छौं,’ स्टार अस्पातलका कार्यकारी निर्देशक सन्देश जिसीले हेल्थआवाजसँग भने, ‘आज, भोलि र पर्सी सर्वसाधारणले स्टार अस्पतालमा पनि खोप लगाउन सक्नुहुनेछ ।’ उक्त खोप विहान ९ देखि ३ बजेसम्म लगाउन सकिने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यलयका ललितपुरका कर्मचारीहरु स्टार अस्पतालमा रहेको खोप केन्द्रमार्फत सर्वसाधारणलाई खोप लगाइरहेका छन् । यस्तै ललितपुरका अन्य चार वटा अस्पताल नेपाल मेडिसिटी, अल्का, सुमेरू र निदान अस्पतालबाट खोप दिइदैछ ।

चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको उक्त खोप सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मकालाई दिने निर्णय गरेको छ ।

यो खोपको प्राथमिकतामा चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायत छन्।

चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको हो।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ