२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना कहर : भारतको दिल्लीमा एक साता लकडाउनको घोषणा

कोरोना कहर : भारतको दिल्लीमा एक साता लकडाउनको घोषणा


भारतको राजधानी दिल्लीमा एक साताको लागि लकडाउनको घोषणा भएको छ। कोरोना संक्रमणमा बढ्दो वृद्धिलाई मध्य नजर गर्दै यसको रोकथामका लागि आजबाट १ सातासम्म दिल्लीमा लकडाउन गर्ने निर्णय भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी जानकारी दिए।

उनका अनुसार पछिल्ला केहि दिनमा दैनिक दिल्लीमा १७ हजारभन्दा माथि केस देखिएकोले उक्त निर्णय गरिएको हो।

भारतमा तीव्र रुपले कोरोना संक्रमण देखिएसँगै अहिले त्यहाँको अवस्था तनावग्रस्त छ। त्यहाँ दैनिक २ लाखभन्दा बढी कोरोनाका केस थपिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र एकैपटक २ लाख ७३ हजार ८ सय १० नयाँ  कोरोनाको केस देखिएको छ । त्यहाँका कयौं राज्यमा अक्सिजन र औषधी अभाव भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार महत्वपूर्ण बैठक बोलाएका छन्।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ। भने, अहिले १९ लाखभन्दा बढी संक्रमितको उपचार भैरहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्रै १६ सय जना मानिसले ज्यान गुमाएका छन्। यहाँ संक्रमणको केस लागातार ४० औं दिनमा पनि वृद्धि भएको छ।

-एजेन्सी

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ