२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर

मुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर


भारतको महाराष्ट्रस्थित एक सरकारी अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको छ। बुधबार हुसैन अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जनाको मृत्यु भएको छ भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको एक भारतीय संचार माध्यमले जनाएको हो।

उक्त लिक भएको ट्यांकीको अक्सिजन बनाउन ३० मिनेटसम्म लागेको थियो जसकारण अक्सिजन सप्लाई धेरै समयसम्म हुननसकेको बताइएको छ। अक्सिजन रोकिंदा १ सय ७१ बिरामी अक्सिजनमा र ६७ जना बिरामी भेन्टिलेटरमा थिए। अक्सिजन सप्लाई रोकिंदा अस्पतालमा खैलाबैला मच्चिएको थियो।

जनाकारी अनुसार ट्यांकीबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो जुन अहिले बनाइएको छ। यस लिकेजको समय २० किलो लिकुइड अक्सिजन खेर गएको थियो। र अस्पतालसँगै जिल्ला प्रशासन पनि यस घटनाबारे जांच सुरु गरेको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ