२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ भेरियन्टमा भ्याक्सिन प्रभावकारी : अध्ययन

कोरोनाको नयाँ भेरियन्टमा भ्याक्सिन प्रभावकारी : अध्ययन


काठमाडौँ – कोरोनाको नयाँ भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी देखिएको पाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको अनुसन्धानमा भ्याक्सिन लगाएकाहरुमा कोरोना संक्रमण दर कम पाइएको छ। कोभ्याक्सिन र कोभोशिल्डको खोप लगाउने मानिसहरुमा गरिएको उक्त अध्ययनमा ०.०२ देखि ०.०४ प्रतिशत मानिसलाई मात्र संक्रमण देखिएको छ।

भारतीय संचार माध्यम इन्डिया टुडेकाअनुसार भारत बायोएनटेकले उत्पादन गरेको कोभ्याक्सिनको पहिलो डोज लगाएको ९३ लाख ५६ हजार ४ सय ३६ जना मध्ये ४ हजार २ सय ८ जनामा संक्रमण देखिएको थियो। जुन ०.०४ प्रतिशत हो।

यस्तै, कोभ्याक्सिनको सेकेन्ड डोज लगाएका १७ लाख ३७ हजार १ सय ७८ जना मध्य ६ सय ६५ जनामा मात्रै कोरोना पुष्टि भएको थियो। जुन ०.०४ प्रतिशत हो। भारतमा कोभ्याक्सिन १ करोड १४ लाख ९३ हजार ६ सय १४ जनालाई दिइएको छ।

कोभ्याक्सिनको तुलनामा कोभिशिल्ड अझै प्रभावकारी पाइएको अध्ययनमा देखिएको छ। १० करोड ३ लाख २ हजार ७ सय ४५लाई पहिलो डोज कोभिशिल्ड लगाइएको थियो। जसमध्ये पहिलो डोज पछि १७ हजार १ सय ४५ अर्थात ०.०२ प्रतिशतलाई मात्रै कोरोना संक्रमण भएको थियो।

त्यसैगरी, १ करोड ९७ लाख ३२ हजार ७ सय ४५ जनालाई दोस्रो डोज कोभिशिल्ड दिइएकोमा उनीहरुमध्ये ५ हजार १४ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो जुन ०.० प्रतिशत हो। अनुसन्धानले खोप लगायेकाहरुमा संक्रमणको जोखिम कम रहेको देखाउँछ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ