२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल सुपर लिगमा ‘काठमाडौं रेजर्स एफसी’को मेडिकल पार्टनर स्टार अस्पताल

नेपाल सुपर लिगमा ‘काठमाडौं रेजर्स एफसी’को मेडिकल पार्टनर स्टार अस्पताल


काठमाडौं—नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगअन्तर्गतको टोली ‘काठमाडौं रेजर्स एफसी’को अफिसियल मेडिकल पार्टनरको रुपमा स्टार अस्पताल अनुबन्धित भएको छ । आगामी ११ बैशाखबाट उक्त फुटबल प्रतियोगिता आयोजना हुँदैछ ।

काठमाडौं रेजर्स एफसीको तर्फबाट अध्यक्ष विज्ञान शर्मा तथा व्यवस्थापक मधुसुदन उपाध्याय र स्टार अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. शैल रुपाखेती एवं सि.ओ.ओ डा. सन्देश जि.सी.ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पतालले काठमाडौं रेजर्स एफसीका कुनै पनि खेलाडी तथा व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई मेडिकल पार्टनरका रुपमा स्वास्थ्य सम्बन्धित सेवाहरु उपलब्ध गराउनेछ ।

उक्त प्रतियोगितामा ७ वटा टिम सहभागी हुँदैछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ