२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बगदादमा कोरोना बिरामी उपचाररत अस्पतालमा आगलागी, २४ जनाको मृत्यु

बगदादमा कोरोना बिरामी उपचाररत अस्पतालमा आगलागी, २४ जनाको मृत्यु


इराकको राजधानी बगदादमा दर्दनाक घटना घटेको छ । बगदादको एक अस्पतालमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ। भने, कयौं व्यक्ति आगोले पोलेर गम्भीर घाइते भएका छन्।

उक्त अस्पतालका कोरोना संक्रमित बिरामीको उपचार चलिरहेको छ।

सिन्हुआ समाचार एजेन्सीका अनुसार बगदादको पूर्वीक्षेत्रस्थित इब्न अल-खतीब अस्पतालमा शनिबार राति कयौं अक्सिजन ग्यासको सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो। इराकी सरकारले घटनाको छानविन गरिरहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ