२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यगोल्छा समूहद्धारा पाटन अस्पताललाई १ करोड सहयोग

गोल्छा समूहद्धारा पाटन अस्पताललाई १ करोड सहयोग


काठमाडौं-व्यवसायिक घराना गोल्छा समूहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । सोमबार समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले कोभिड १९ विरुद्धको उपचार प्रभावकारी बनाउन पाटनलाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

गोल्छा समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको उक्त रकम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. राजेशनाथ गंगोललाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष गोल्छाले कोभिड १९ उपचारका लागि अत्यावश्क उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि सहयोग गरेको जानकारी दिए ।

‘आज गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सो सहजताका लागि रु. १ करोड सहयोग हस्तान्तरण गरेका छौं,’ उनले सोमबार साँझ आफ्नो ट्वीटरमा भनेका छन्, ‘आशा छ, हामी सबैले आ–आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं ।’

यसअघि अर्को व्यवसायिक घराना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालिका संस्थापक अध्यक्ष एवं नेपालका सबैभन्दा ठूलो व्यक्तिगत करदाता विजयकुमार शाहले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट जडान र सञ्चालनका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ