२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यएग्बोसा काठमाडौंद्धारा तीन प्रमुख अस्पताललाई ७५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

एग्बोसा काठमाडौंद्धारा तीन प्रमुख अस्पताललाई ७५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं-पूर्व गण्डकी बोर्डिंग स्टुडेन्ट एशोसिएसन (एग्बोसा-काठमाडौं) ले सुर्य नेपालको सहयोगमा प्राप्त भएको कोभिड विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तीन प्रमुख अस्पताललाई हस्तान्तरण गरेको छ । शुक्रबार एग्बोसा काठमाडाैंले ७५ लाख रूपैयाँ बराबरको उक्त स्वास्थ्य सामाग्री त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र निजामती अस्पताललाई हस्तान्तरण गरेको हो।

एग्बोसा काठमाडौंका प्रेसिडेन्ट डा. सुजिता हिराचनले त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन । एग्बोसा काठमाडाैंको कोभिड रिलिफका संयोजक डा. दिपक मल्लले राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल र निजामती अस्पतालका निर्देशक डा. विधाननिधी पौडेललाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको सामग्री डिस्पोजेबल र पुनः प्रयोग योग्य पीपीई ३,००० पिस, पल्स अक्सिमिटर १५०, सर्जिकल ग्लोभ ५४० बक्स, एननाएनटीफाइभ मास्क १५ सय पिस, सर्जिकल मास्क १५ सय बक्स र फेस शिल्ड १५ सय पिस रहेको छ।

एग्बोसा काठमाडौं सामाजिक कार्यमा उक्तिकै सक्रिय छ। विगतमा भूकम्प, बाढी, पहिरो र कोभिडको पहिलो लहरको महामारीका पीडितहरूलाई तत्काल राहत र दीर्घकालीन सहायता प्रदान गर्दै आएको छ। उसले छात्रवृति कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ