२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य२२ जना कोभिड–१९ संक्रमित एयर लिफ्ट गरेर झापामा, ६५ भेन्टिलेटरबाट संक्रमितको उपचार गर्दै बिएण्डसी

२२ जना कोभिड–१९ संक्रमित एयर लिफ्ट गरेर झापामा, ६५ भेन्टिलेटरबाट संक्रमितको उपचार गर्दै बिएण्डसी


काठमाडौं–कोभिड–१९ को दोस्रो लहर तीब्र रुपमा फैलिएसँगै देशभरका अस्पतालहरुमा आईसीयु र भेन्टिलेटरको अभाव भइरहेको छ । देशका अन्य अस्पतालहरुमा बेड र भेन्टिलेटरको अभाव भएपछि गम्भीर कोभिड–१९ का संक्रमित झापास्थित प्रस्तावित बीएण्डसी शिक्षण अस्पतालमा एयर लिफ्टमार्फत पुग्ने क्रम बढेको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईकाअनुसार अहिलेसम्म देशका विभिन्न भागमा भेन्टिलेटरको अभाव भएपछि २२ जना गम्भीर कोभिड–१९ संक्रमितलाई एयर लिफटमार्फत बीएण्डसी लगिएको छ ।

‘प्रदेश नं. १ का साथसाथै नेपालगन्ज, मुगु, डोटी, कैलाली, दाङ, चितवन, ओखलढुंगा, वीरगंज, पोखरा, सोलुम्बु र काठमाडौंलगायतका स्थानबाट गम्भीर कोभिड–१९ संक्रमितहरु उपचार लागि एयर लिफ्ट गरेर बीएण्डसी आएका छन्,’ प्रसाईले भने, ‘हालसम्म २२ विभिन्न ठाउँबाट एयर लिफ्ट गरेर आएका २२ जना संक्रमितको आईसीयु, एचडियु र कोभिड वार्डमा उपचार भइरहेको छ ।’

बिरामीको विश्वासमा बीएण्डसी डटिरहेको बताउँदैं उनले एयर लिफ्ट गरेर आएका गम्भीर संक्रमितहरु निको हुने क्रममा रहेको बताए ।

बीएण्डसीले २ सय बेड कोभिड–१९ का बिरामीलाई छुट्याइको छ । जसमध्ये ७० आईसीयु बेड र ६५ वटा भेन्टिलेटरबाट कोभिड–१९ संक्रमित बिरामीको उपचार भइरहेको प्रसाईले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ