२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यदन्त चिकित्सकलाई कोभिड–१९ र अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन सम्बन्धि तालिम

दन्त चिकित्सकलाई कोभिड–१९ र अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन सम्बन्धि तालिम


काठमाडौं–विशेषज्ञ सेवाका रुपमा परिचित दाँत तथा मुख स्वास्थ्य त्यसैमा अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन विशिष्टीकृत सेवा भएकाले जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुन निकै गाह्रो छ । मेडिकल कलेजबाहेक प्रादेशिक सदरमुकाममा रहेका अस्पतालमा समेत सेवाको पहुँच विशेषज्ञ तथा उपकरणहरुको उपलब्धताका कारण आजसम्म यो सेवा पुग्न सकेको छैन ।

सरकारी अस्पतालहरुमा सेवाको महत्वको आवश्यकता देखेर स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको छ ।

स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुखरोगको रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्यूनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण विगत २ वर्षदेखि हुँदै गरेकोे भएपनि यो तालिम पहिलो रहेको आँखा,नाक कान घाँटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकी बताउँछन् ।

देशभरका स्वास्थ्य संस्थाबाट अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक ब्यवस्थापन गर्न एकरुपता कायम गर्ने उद्धेश्यले संचालित उक्त कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता, कार्यक्रमको उद्धेश्य तथा सहभागी र अतिथीहरुलाई स्वागत डा. प्रकाश बुढाथोकीले गरेका थिए ।

प्रमुख अतिथी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले यस्तो कठिन घडीमा पनि देशभरबाट सहभागी आएको देख्दा कार्यक्रमको महत्व र सहभागीको कामप्रतिको डेडिकेसन देखेर खुशी ब्यक्त गर्दे प्राप्त भएको ज्ञान, सीप र क्षमता कार्यस्थलमा झल्काउनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी सिएमसी—डेण्टल कलेजका प्राचार्य डा. विजय आचार्यले आफू त्यति लामो समय सरकारी सेवामा रहँदा कुनै तालिम नपाएको तर हाल यस्ता तालिम हुँदा नवचिकित्सकहरुलाई सहज हुने बताए ।

विशेषज्ञ सेवाबाट दूरदराजका वासिन्दा पनि नजिकको स्वास्थ्य संस्थाबाट लाभान्वित गराउन, बिरामीलाई स्टेबल गर्न र थप जटिलता रोकी देशभर गुणस्तरीय र एकरुपताको प्राथमिक ब्यवस्थापन गर्न तालिम संचालन गरिएको डा. बुढाथोकी बताए ।

जनस्वास्थ्यका मापदण्डसहित संचालित उक्त कार्यशालामा भोजपुर, धनकुटा, केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा, बकुलर, चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो ।

३ दिने उक्त तालिमको समापन कार्यक्रममा डा. बुढाथोकीले निरन्तर सम्पर्कमा रही कार्यस्थलमा परेका समस्याहरु जानकारी दिन र विगतमा भएका,अबका बर्षमा शाखाले गर्नथालेका कार्यहरुको फेहरिस्त राख्नुपर्नेमा जोड दिए ।

सहभागीहरुलाई प्रशिक्षण महाशाखाका डा. बुढाथोकी, भरतपुर अस्पतालका डा. सन्तोषकुमार यादव, एनडिएका डा कृष्णप्रसाद रेग्मीले दिएका थिए भने भर्चुअल रुपमा न्याम्स वीर अस्पतालबाट प्रा.डा. बन्दना खनाल,डा किशोर भण्डारीले दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ