२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यकर्मीको वास्तविक अवस्था चित्रण गर्ने डा. रञ्‍जित झाको ‘नसोध मलाई’ (भिडियो)

स्वास्थ्यकर्मीको वास्तविक अवस्था चित्रण गर्ने डा. रञ्‍जित झाको ‘नसोध मलाई’ (भिडियो)


काठमाडौं– कोभिड–१९बाट संक्रमित बिरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिनु भएका वरिष्ठ चिकित्सक डा. रञ्‍जित कुमार झा कुशल गायक तथा संगीतकार पनि हुनु भन्ने कुरा धेरैलाई थाहाँ नै छ ।

लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्टेन्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा. झाले यतिबेला कोभिड–१९का संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाएका छन् ।

‘नसोध मलाई’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशामात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ । डा. रञ्‍जित कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा. झाको स्वर सुन्न सकिन्छ भने शब्दहरु गिरिराज निरौलाले रचना गरेका हुन्  ।

गीतमा डा. झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ । गायक डा. झाका अनुसार विदेशमा बसोबास गर्नु हुने गीतकार गिरिराज निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकैबीच डा. झासहित सम्पूर्ण चिकित्सकहरुको वाध्यतालाई गीतमा उतारेका छन् ।

 डा. झाका अनुसार अघिल्लो वर्ष समयाभावका कारण यो गीत रेकर्ड गर्न भ्याइएको थिएन ।

यसैबीच गायक झाले करिब एक महिनाअघि मात्र यो गीत रेकर्ड गराएका हुन् ।

गीतमा भोकल हाल्ने क्रममा अर्को तनाव भयो, गीतका सबै ट्रयाकहरु उपलब्ध नभएपछि सिंगल ट्रयाकमै गीत रेकर्डिङ गर्नु परको थियो, गायक डा. झा सम्झनु हुन्छ, ‘यो कुनै पनि गायक–गायिकाका लागि निकै नै चुनौतीपूर्ण हुन्छ जस्तो मैले अनुभव गरेको छु ।’

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।

महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा. झा पनि प्रस्तुत हुनु भएको छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ ।

उक्त गीतको भिडियो डा. झाकै आधिकारिक यूट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।




क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ