२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेएमसी पूर्व विद्यार्थीद्वारा कोभिड अन कल निःशुल्क सेवा सुरु

केएमसी पूर्व विद्यार्थीद्वारा कोभिड अन कल निःशुल्क सेवा सुरु


काठमाडौं-केएमसी पूर्व विद्यार्थी संघको स्वास्थ्य विभागले कोभिड-१९ संक्रमित र अस्पताल गएर सेवा लिन नसकेका अन्य रोगका बिरामीहरुका लागि कोभिड अन कल निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको छ।

कोभिड-१९ को दोस्रो लहरलाई ध्यानमा दिदैं स्वास्थ्यकर्मी रहेका केएमसीका पूर्व विद्यार्थीहरुको सहयोगमा उक्त सेवा सुरु गरिएको हो । निःशुल्क कोभिड अन कल सेवालाई प्रभाकारी बनाउन डा.अच्युतशाली घिमिरे,सन्दिप अधिकारीलगायतको टिमले संयोजन गरिरहेको छ।

यो सेवा लिनका लागि चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई उनीहरुले दिएको समयमा फोन नं मा सिधा सम्पर्क गर्न सकिनेछ । कोभिडजन्य लक्षण देखिएमा घरमा गर्न सकिने सामान्य उपचार र जटिल भएमा कुन अस्पताल जाने बारेमा जानकारी, कोभिडबाहेकका नियमित विशेषज्ञ, जनरल, आयुर्वेद, डेन्टल र नर्सिंग स्वास्थ्यकर्मीबाट ततः बमोजिमका सेवा सुविधा घरमा नै उपलब्ध गराइनेछ ।

यस्तै, लकडाउनको बेला हुने सक्ने मानसिक समस्याका लागि समेत उचित परामर्श र समाधान दिइनेछ भने हस्पिटलमा रहेको बेड र आइसियुको बारेमा जानकारी पनि दिइनेछ । साथै उक्त एप्लीकेसनबाट कोभिड १९ विरुद्धको खोप सम्बन्धि फारम, अस्पताल र एम्बुलेन्सको नम्बर पनि पाउन सकिनेछ ।

घरमै बसेर सुरक्षित रहदै केही समस्या परे हामीलाई सम्झिन आग्रह गर्दै यो सेवा ल्याइएको कुरा स्वास्थ्य विभागकी अध्यक्ष एवं नर्सिंग अफिसर विप्सना श्रेष्ठले जानकारी दिइन्।

उक्त एपबाट विभिन्न विद्याका, विभिन्न अस्पतालमा रहेका ५० जनाभन्दा बढी अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीद्वारा कुन औषधि खाने, घरमा बस्दा के के कुरामा ध्यान दिने, कस्ता स्वास्थ्यका मापदण्डहरु अवलम्बन गर्नेलगायतका जानकारीहरु समेत दिइनेछ ।\

सेवाका लागि यहाँ क्लिक गर्नुहोस्


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ