२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएकैपटक १० सन्तान जन्माएर दक्षिण अफ्रिकाकी यी महिलाले तोडिन् विश्व रेकर्ड

एकैपटक १० सन्तान जन्माएर दक्षिण अफ्रिकाकी यी महिलाले तोडिन् विश्व रेकर्ड


दक्षिण अफ्रिकामा एक गर्भवती महिलाले १० सन्तान जन्माएकी छिन्। ३७ वर्षीया गोसिअमे थमारा सितोले सोमबार पिक्टोरिया अस्पतालमा  शल्यक्रिया विधिबाट १० सन्तान जन्माएकी हुन् ।

ती सन्तानमध्य सात छोरा र ३ छोरी छन्। अन्तर्राष्टिय संचार माध्यम न्युयोर्क टाइम्सका अनुसार उनले सन्तान जन्माउनु केहि दिन अघि आफुलाई आफ्नो गर्भमा यति धेरै सन्तान छन् भनेर विश्वास नलागेको र कुनै जटिल स्वास्थ्य समस्या पनि नहुँदा भगवानको चमत्कार जस्तै लागेको उल्लेख गरेकी थिइन्।

डाक्टरले सुरुमा उनलाई ६ सन्तान गर्भमा रहेको बताएका थिए तर पछि ८ सन्तान रहेको पाइयो। तर डेलिभरीको समयमा भने १० वटा सन्तान निस्किएको थियो।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

उक्त अफ्रिकी कपलको पहिला नै ६ वर्षको जुम्ल्याहा सन्तान छन्।

उक्त महिलाका श्रीमानले १० सन्तान जन्मिदा आफु भावुक र खुसी महसुस गरिरहेको बताएका छन्। उनले भने, ‘मेरो श्रीमती ७ महिना ७ दिनदेखि गर्भवती छिन्। म निकै भावुक र खुसी महसुस गरिरहेको छु।’

एकैपटक १० वटा सन्तान जन्मिएको विश्वको पहिलो रेकर्ड भएको डाक्टर बताउछन्। यसअघि मालिकी एक महिलाले मोरक्कोमा ९ सन्तानलाई जन्म दिएकी थिइन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ