२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसकारण फ्रिजमा आँप र खर्बुजा राख्न नहुने

यसकारण फ्रिजमा आँप र खर्बुजा राख्न नहुने


गर्मीयाममा प्रायको घरको फ्रिजमा आप र खर्बुजा हुने गर्छ। यो सबैको रोजाइमा पर्ने फल पनि हो। कोभिड-१९ महामारीले गर्दा हामी यी फलफुल स्टक किनेर फ्रिजमा राख्ने गर्छौं  ।

तर, विज्ञले भने फ्रिजमा उक्त दुई फल राख्न उपयुक्त नहुने बताउछन। यस मौसममा मानिसले फलफुललाई फ्रिजमा स्टोर गर्ने गर्छन। किनकी फ्रिजमा फललाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। तर, केहि फल सधै रेफ्रिजरेटरमा स्टोर गर्नु सहि हुँदैन।

फ्रिजमा राख्दा फलको स्वाद बदलिने गर्छ। जसको असर हाम्रो स्वास्थ्यमा पर्ने गर्छ। विज्ञका अनुसार गर्मीमा पाइने आँप र खर्बुजा फ्रिजमा राख्न हुँदैन।

धेरैलाई यो कुरा आश्चर्य लाग्नसक्छ तर यो नै स्वास्थ्यको लागि राम्रो हो। दुवै फलमा पानीको मात्रा धेरै हुने गर्छ। यो फलले हामीलाई सनस्ट्रोकबाट बचाउनुको साथै हाइड्रेट राख्ने गर्छ।

आँप र खर्बुजा कम तापक्रममा खराब हुने खतरा बढी भएकोले यसलाई फ्रिजबाहिर नै राख्नुपर्ने विज्ञहरु सुझाउछन्। उनीहरुका अनुसार यी दुई फललाई काटेर राख्दा ‘चिल एञ्जरी’को शिकार हुने गर्छ । जसले स्वाद नमिठो बनाउनुको साथै रङ पनि फिक्का बनाउछ। साथै यसको काटेर राख्दा सतहमा ब्याक्टेरिया पर्ने डर पनि हुन्छ जसले स्वास्थ्यलाई हानी गर्दछ।

कसरी घरमा राख्ने त ?

एक्सपर्टको सुझाव यो छ की दुवै फल ल्याउने बित्तिकै सिधा फ्रिजमा राख्न हुँदैन। पहिला केहि समयसम्म चिसो पानिमा राख्ने। त्यसपछि कोठाकै तापक्रममा राख्ने। खानुभन्दा केहि क्षण अघि भने काटेर फ्रिजमा स्टोर भने गर्न सकिन्छ।

फ्रिजमा कहिल्यै पनि फलफुल र तरकारी एकै ठाउँमा राख्न हुँदैन। यसलाई भिन्न-भिन्न ठाउँमा राख्नु पर्छ। किनकी फलफुल र तरकारीमा फरक खालको ग्यास रिलिज हुने गर्छ। सँगै स्टोर गर्दा यसको स्वादमा पनि फरक हुने गर्छ।

यूनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चर (USDA) को एक रिपोर्ट अनुसार खर्बुजा वा आँप जस्तो फल बाहिर राख्दा फलफुलमा भएको एन्टीअक्सीडेन्ट सहि रहने र शरीरको लागि पनि लाभदायिक हुन्छ।


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ