२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा खोप नलगाएका अधिकांश संक्रमितले गुमाए ज्यान

अमेरिकामा खोप नलगाएका अधिकांश संक्रमितले गुमाए ज्यान


अमेरिकामा प्राय खोप नलगाएका नागरिकको कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएको पाइएको छ । खोप लगाउने नागरिकमा ब्रेकथ्रू संक्रमणपछि अस्पतालमा भर्ना हुने तथ्यांक लगभग ०.१ प्रतिशत छ।

समाचार एजेन्सी एपीले जनाए अनुसार अमेरिकामा प्राय मृत्यु अब ती मानिसको भैरहेको छ जसले कोभिड-१९ विरुद्ध खोप लगाएका थिएनन्। यसबाट पनि खोप कति प्रभावकारी छ भनेर बुझ्न सकिन्छ। अमेरिकामा दैनिक मृत्युको तथाङ्क अब ३ सय भन्दा कम भैरहेको तथ्यांकले जनाएको  छ।
यदि सबैलाई छिटोभन्दा छिटो खोप लगाएमा मृत्युसंख्या शून्यमा पनि झर्न सक्ने विज्ञहरुको दावी छ। गत मे पछि अमेरिकी सरकारी तथ्यांकसँग सम्बन्धित प्रेसले यसबारे विश्लेषण गरेको थियो। पूर्णरुपले खोप लगाउने मानिसमा ब्रेकथ्रू संक्रमणको ८ लाख ५३ हजारभन्दा बढी केसमध्ये अस्पतालमा मात्रै १ हजार २ सय मानिस भर्ना भए। भर्ना हुने उक्त तथ्यांक लगभग ०.१ प्रतिशत छ।

यता, मे मा खोप लगाएका १८ सय भन्दा बढी कोभिड-१९ संक्रमितमध्ये मृत्यु हुने संक्रमितको संख्या १ सय ५० थियो यो लगभग ०.८ प्रतिशत हो जुन औषतमा प्रतिदिन ५जना को मृत्यु भएको पाइएको छ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)द्वारा प्रदान गरिएको तथ्यांकको विश्लेषणबाट उक्त कुरा पत्ता लागेको हो। तर, सीडीसीले भने पूर्ण रुपले खोप प्राप्त गरेका संक्रमितको विवरण र मृत्युको केसबारे आफैले अनुमान नगरेको जनाएको छ। सीडीसी अधिकारीका अनुसार ४५ राज्यले ब्रेकथ्रू संक्रमणको रिपोर्ट जारी गरेको छ, जसमा केहि यस्ता केसहरु छन् जुन अन्यको तुलनामा बढी उग्र छ।

यस महिनाको सुरुवातमा कोभिड-१९मा बिडेन प्रशासनका पूर्व सल्लाहकार एन्डी स्लाविटले भनेका थिए – ‘कोभिडबाट मृत्यु हुने ९८ % देखि ९९ % अमेरिकी नागरिकहरुले खोप प्राप्त गरेका थिएनन्।’ मंगलबार सीडीसीका निर्देशक डा. रोशेल वालेन्सकीलेले खोप निकै प्रभावकारी भएको र यसले कोभिडबाट हुने वयस्कमा हुने हरेक मृत्यु रोक्न सकिने उल्लेख गरे। अमेरिकामा खोप अभियान पछि मृत्युदरमा पनि कमि आएको छ।

सीडीसीका अनुसार १२ वर्ष र त्यसभन्दा माथि उमेरका सबैलाई अमेरिकामा लगभग ६३ प्रतिशत मानिसलाई खोपको पहिलो डोज प्राप्त गरेका छन् । भने, ५३ प्रतिशतले दुवै डोज प्राप्त गरिसकेका छन्।

स्रोत : एपीन्युजडटकम


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ