२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्यले ल्यायो हाइकोजी र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्सजस्ता अत्याधुनिक प्रविधी

वात्सल्यले ल्यायो हाइकोजी र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्सजस्ता अत्याधुनिक प्रविधी


काठमाडौं—वात्सल्य आईभीएफले हाइकोजी र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्सजस्ता अत्याधुनिक प्रविधी भित्र्याएको छ । निःसन्तानको उपचारमा अब्बल मानिएको बात्सल्यले आईभीएफ सेवा प्रदान गर्न विश्व अब्बल मानिएको प्रविधी नेपालमा भित्र्याएको हो ।

नक्सालको नारायणचौरमा रहेको वात्सल्यले हिस्टेरियो सालपिङगो कन्ट्रान्स (हाइकोजी) र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्सजस्ता दुई वटा नवीन प्रविधीबाट जाँच विधीको सुरुवात गरेको जनाउँदैं यो नेपालमै पहिलो भएको दावी गरेको छ ।

वात्सल्यकी प्रजनन विशेषज्ञ डा. सुमी मुनाकर्मी स्पर्म डिएफआई विधीबाट डिएन को स्तरमा कति क्षति पुगेको छ छैन जाँच गर्न सकिने बताउँछन् । ‘सोहीअनुसार उपचार गरी सफलता हासिल गर्न सकिने र हाइकोजीको माध्यमबाट छिटो—छरितो र सुरक्षित रुपमा बिना रेडियसन गर्भनलीको अवस्था थाहा पाउन सकिनेछ । एक्टोपिक गर्भ, इन्डोमेट्रियल पोलिप्स, सबम्युकोसल फाइब्रोइडस, सिनेचाई, हाइरोसालपिंगेस, अप्राकृतिक डिम्बाशयजस्ता अवस्था पत्ता लगाएर उपचार गर्न सकिने भएको कारण निस्सन्तान उपचार थप प्रभावकारी हुनेछ,’ उनले भनिन् ।

डा. मुनाकर्मीकाअनुसार निस्सन्तान उपचारका लागि आउने करिब २५/३० प्रतिशत महिलामा गर्भनली सम्बन्धि समस्या हुने गर्दछ । ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ । तर, यसमा सर्जरी आवश्यक पर्ने र महंगो भएको कारण यसलाई अन्तिम विकल्पको रुपमा नै प्रयोग गरिने उनले बताइन्।

‘गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय: हिस्टेरियुस्ल्यापिंगोग्राफीको प्रयोग गरिन्थ्यो । तर, यसमा प्रयोग हुने एक्स-रे को नकारात्मक प्रभाव कम गर्न र छिटो/छरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले हाइकोजीको प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै हाइकोजीको प्रयोग बढेको छ,’ वात्सल्यले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ । अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ । यसको सफलता दर एचएसजी जस्तै छ र उपचारात्मक भूकिमा पनि उस्तै छ । तर, सहजता, छिटो नतिजा, दीर्घकालीन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स रे को प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको हो ।’ धेरैजसो विकसित मुलुकमा एचएसजीको प्रयोग नै बन्द भएर हाइकोजीको मात्रै प्रयोग हुने गरेको छ। वात्सल्यले नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको दावी गरेको छ ।

हालका केही अध्ययनले करिब ५० प्रतिशत बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ । यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको स्पर्म टेष्टले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनको कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको छ । ‘यस असहजतालाई मेट्दै शुक्रकिटको डीएनएसम्मको सुक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्यर अयोग्य शुक्रकिट बीच स्पष्ट फरक छुट्याउन स्पर्म डिएफआईको प्रयोग हुन थालेको हो । यस विधिबाट शुक्रकिटको डीएनएमा कति क्षति पगेको छ, मापन गर्न सकिन्छ र सोही अनुरुप थोरै क्षति पुगेको भएमा आईयुआई/आईभीएफ र धेरै क्षति पुगेको भएमा आईसीएसआईको प्रयोग गर्न सल्लाह दिन सकिन्छ,’ वात्सल्यको विज्ञप्तिमा छ, ‘यसबाट असफलताको सम्भावना कम हुने, आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ ।’

यसबाहेक निषेचनको समस्या, भ्रुण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारण ले गर्भधारण नहुने समस्याको कारण पनि पत्ता लाग्ने सम्भावना रहेको उसले जनाएको छ । वात्सल्यले सुरुवात गरेका यी दुई आधुनिक जाँच विधि निःसन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिको सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ