२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायती युनिभर्सिटीद्वारा ५ हजार बढी औषधी र केमिकलमाथि अनुसन्धान, १५ वटा कोभिड-१९ विरुद्ध प्रभावकारी

बेलायती युनिभर्सिटीद्वारा ५ हजार बढी औषधी र केमिकलमाथि अनुसन्धान, १५ वटा कोभिड-१९ विरुद्ध प्रभावकारी


लन्डन—कोभिड—१९ को रोकथामका लागि संसारभर विभिन्न औषधीहरुमाथि अनुसन्धान जारी छ । लण्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युट र डुन्डी युनिभर्सिटीले संयुक्त रुपमा ५ हजारभन्दा बढी औषधी र मेडिकलसँग सम्बन्धित केमिकलमाथि अनुसन्धान गरेका छन् ।

उक्त अनुसन्धानबाट १५ औषधी कोभिड—१९ को उपचारमा उपयोगी हुन सक्ने पाइएको छ । यी औषधीको मद्धतले लक्षण कम गर्नुका साथै रिकभरी चाडो गराउन सकिनेछ ।

यी औषधीबाट ब्लड क्यान्सरजस्ता गम्भीर बिरामीसँगै कोभिड—१९ सँग जुधिरहेका बिरामीलाई फाइदा मिल्ने समाचार एजेन्सीहरुले जनाएका छन् ।

अनुसन्धानका दौरान ५ हजार औषधी कोभिड—१९ का अलग—अलग इन्जायममा टेष्ट गरिएको थियो । कोभिड—१९ को उपचारका लागि जुन औषधीको पहिचान गरिएको छ, त्यसमध्ये केहीको उपयोग अन्य बिरामीको उपचारमा पनि जारी राखिएको छ ।

यसमध्ये एक लोमेगुएट्रिबको उपयोग मेलेनोमा (एक प्रकारको स्कीन क्यान्सर)मा गरिदैंछ । यसको केही दुष्प्रभाव पनि रहेको बताइएको छ । अर्को औषधी सुरामिन रहेको छ । यसको प्रयोग अफ्रिकामा देखिने निद्राको बिरामी तथा रिबर ब्लाइन्डनेस (एक प्रकारको अन्धोपन)मा गरिदैंछ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको टिमका एक जना जोन डिफ्लीले भने, ‘हामीले एक केमिकल टुलबक्स बनाएका छौं । यसबाट कोभिड—१९ को उपचारमा सहयोग मिल्नेछ । आशा छ कि संसारभरका अनुसन्धानकर्ताको यसमाथि ध्यान जानेछ र यसभन्दा उच्चस्तरमा टेष्ट गरिनेछ ।’ १५ मोलिक्युलको जाँच रेम्डेसिभिरसँग पनि गरिएको थियो । यी औषधीलाई अहिले पनि कोभिड—१९ बिरामीको उपचारमा उपयोग गर्न थालिएको छ ।

अब अनुसन्धानकर्ताहरु यी औषधीलाई फरक प्रकारले परीक्षण गर्ने योजना बनाइरहेका छन् । यसमा उपयोगी देखिएका औषधीलाई अलग—अलग र मिलाएर परीक्षण गरिने बताइएको छ । यसबाट औषधी सिंगल प्रयोग गर्दा उपयोगी छ वा मिलाएर भन्ने कुरा थाहा हुने अपेक्षा गरिएको छ ।

साइन्स डेलीदैनिक भास्करको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ