२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यतेस्रो डोज पनि आवश्यक रहेको भन्दै अनुमति माग्ने तयारीमा फाइजर कम्पनी

तेस्रो डोज पनि आवश्यक रहेको भन्दै अनुमति माग्ने तयारीमा फाइजर कम्पनी


‘कोमिरनेटी’ ब्राण्डको नामबाट विक्री भैरेहको फाइजर-बायोएनटेकको खोप कोभिड-१९को भेरियन्ट विरुद्ध प्रभावकारीरुपमा गर्नको लागि तेस्रो मात्राको पनि जरुरत पर्न सक्ने बताइएको छ। तेस्रो मात्राले कोभिडको दुई भेरियन्ट बिटा र डेल्टाविरुद्ध पनि काम गर्ने अध्ययनले देखाएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले बिहिबार उक्त खोपको तेस्रो मात्राको लागि अनुमति माग्ने घोषणा गरेको छ। घोषणाअनुसार तेस्रो मात्राले एन्टीबडीको स्तरलाई कोभिडको भेरियन्टको दाँजोमा १० गुणा भन्दा बढी बढाउँन सक्छ।

कोभिडको डेल्टाबाट बच्नको लागि फाइजर वा एस्ट्रेजेनिकाको खोप कम प्रभावी मानिएको छ। एक अध्ययनमा उल्लेख भएअनुसार पहिला कोभिड संक्रमण नभएकाहरुलाई डेल्टा प्रजातिबाट संक्रमित भएमा सो खोप त्यति प्रभावकारी हुँदैन।

‘जर्नल नेचर’मा प्रकाशित एक अध्ययनमा बताइएको छ कि कोभिड-१९ को डेल्टा भेरियन्ट विश्वभरमा सबैभन्दा प्रभावकारी संक्रमण साबित भएको छ। उक्त अध्ययन अनुसार सुरुवातमा संक्रमण भैसकेका मानिसको शरीरमा बनेको एन्टीबडीबाट बच्न सक्ने क्षमता डेल्टामा छ। जो व्यक्तिले फ़ाइजर र एस्ट्रेजेनिकाको दुवै मात्राका खोप लिएका छन् ती व्यक्ति यस भाइरसबाट सुरक्षित हुन सक्ने अध्ययनमा उल्लेख छ। डेल्टा प्रजातिबाट बच्न फाइजर वा एस्ट्रे जेनिकाको दुवै खोप लगाउन एकदमै जरुरी रहेको यस अध्ययनले जोड दिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९को डेल्टा भेरियन्टलाई सबैभन्दा बढी खतरनाक भाइरस मानेको छ।

– स्रोत : ‘द हिन्दुस्तान टाइम्स’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ