२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यइराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु


इराकको दक्षिणी शहर नसीरियामा अल-हुसैन कोभिड अस्पतालको भीषण आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। सोमबार लागेको आगलागीमा परी एक सय भन्दा बढी घाइते र २ स्वास्थ्यकर्मी सहित ६४ जनाको मृत्यु भएको हो।

मृतकको संख्या अझै बढ्न सक्ने अस्पतालले जनाएको छ।

कोभिड वार्डमा एक अक्सिजन ट्यांकीमा विस्फोटको कारण आगो लागेको प्राम्भिक जाँचमा पत्ता लागेको छ। यस घटनापछि प्रधानमन्त्री मुस्तफा अल-कदीमीलले मन्त्रीको बैठक बोलाइ सो अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।

घटनापछि स्वास्थ्य कर्मचारीहरुले कोभिड अस्पतालमा जल्दै गरेको शव बाहिर निकाले अधिकारीहरुले जानकारी दिएका छन्।

स्रोत : अल्जजिरा


क्याटेगोरी : अन्य
ट्याग : #अक्सिजन ट्यांकीमा विस्फोट, #कोभिड अस्पतालमा आगलागी, #कोभिड वार्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ