२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकसले राखेको थियो महिला डाक्टरको बाथरुमदेखि बेडरुमसम्म गोप्य क्यामरा

कसले राखेको थियो महिला डाक्टरको बाथरुमदेखि बेडरुमसम्म गोप्य क्यामरा

एक जना चिकित्सक पक्राउ


पुणे—भारतको पुणेमा एक जना महिला डाक्टरको भिडियो खिच्न बाथरुमदेखि बेडरुमसम्म हिडन क्यामरा राखिएको पाइएको छ । जबकी ती महिला चिकित्सकलाई यस कुराको भनकसम्म पनि थिएन् ।

जब ती चिकित्सक घर पुगिन् । उनले लाइट बाल्न खोजिन् । तर, उनको लाइट जलेन । त्यसपछि ती चिकित्सकले इलेक्ट्रीसियनलाई बोलाएपछि हिडन क्यामरा राखिएको रहस्य खुलासा भएको थियो ।

उक्त केसको अनुसन्धान संलग्न प्रहरी टोलीले खुफिया शैलीमा हिडन क्यामरा लगाएको आशंकामा एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

भारतीय विद्यापीठ अस्पतालमा कार्यरत महिला चिकित्सक पुणेको कात्रज इलाकामा अस्पताल परिसरमा बनेको घरमा बस्छिन् । ६ जुलाईमा महिला चिकित्सकको घरमा कुनै अज्ञात व्यक्तिले नक्कली चाबीको मद्धतले ताला खोलेर बाथरुमदेखि बेडरुमसम्म क्यामरा लगाएका थिए ।

महिला चिकित्सक कामबाट घर फर्केर लाइट बाल्दा नबलेपछि इलेक्टीसियनलाई बोलाइन् । इलेक्टीसिनयले बत्ती चेक गर्दा हिडन क्यामरा लगाइएको कुरा पर्दाफास भयो । त्यसपछि विद्यापीठ क्षेत्रको प्रहरी कहाँ उक्त केसबारे उजुरी दर्ता गरियो ।

पुलिसले ती चिकित्सक बस्ने घरमा गएर क्यामरा कब्जामा लियो । रोचक कुरा त के भने गलत सोचका साथ लगाइएको उक्त क्यामरामा लगाउने आरोपी चिकित्सकको तस्विर कैद भएको पाइयो । प्रहरीको शंकाको सुई—एमडी डाक्टर सुजीत जगतापमाथि थियो ।

४२ वर्षीय ती आरोपी चिकित्सकलाई सोधपुछका लागि पुलिस स्टेशनमा बोलाइयो । सुरुमा त ती चिकित्सकले क्यामराबारे आफूलाई कुनै जानकारी नभएको दावी गरे । पुलिसले उनको असलियत देखाएपछि डा. जगताप आफूले महिला चिकित्सकको बेडरुम र बाथरुममा क्यामरा लगाएको स्वीकार गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ