२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य१२–१७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति

१२–१७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति


यूरोपीय युनियनको टप मेडिकल एजेन्सी इएमएले १२ देखि १७ वर्षको उमेर समूहवर्गका लागि मोडर्नाको कोभिड भ्याक्सिनलाई अनुमति दिएको छ। यसअघि यूरोपियन मेडिसिन एजेन्सी (इएमए) ले फाइजरको भ्याक्सिनलाई बालबालिकामा लगाउनको लागि अनुमति दिएको थियो।

सो एजेन्सीका अनुसार १२देखि १७ वर्षका उमेरका लागि मोडर्नाको खोपको प्रयोग १८ वर्षभन्दा माथिका उमेरसमूहका लागि जस्तै गरी दिइने छ। भ्याक्सिनको दुई डोज ४ साताको अन्तरमा दिइने एजेन्सीले बताएको छ।

१२ वर्ष देखि १७ वर्षबीचका ३ हजार ७ सय ३२ जनामा उक्त खोपको क्लिनिकल परीक्षण गरिएको थियो। जसको नतिजा सकारात्मक मिलेको एजेन्सीको भनाई छ। ट्रायलमा सहभागी सबैको शरीरमा एन्टीबडी १८देखि २५ वर्षका व्यक्तिहरुको जस्तै राम्रो बनेको एजेन्सीको दावी छ।

यस्तै, फाइजरले आफ्नो खोपको ट्रायल १२ वर्षभन्दा मुनिका बालबालिकामा सुरु गरेको छ। पहिलो चरणको अध्ययनमा कम संख्यामा फरक-फरक मात्रा दिइने बताइएको छ। जसका लागि विश्वका ४ देशबाट ४ हजार ५ सय बालबालिका चुनिने एजेन्सीले जनाएको छ।

यहि वर्षको मेमा एस्ट्राजेनेकाले ६देखि १७ वर्षको उमेर समूहमा अध्ययन सुरु गरिसकेको छ। यता, जोन्सन एण्ड जोन्सनको पनि आफ्नो अध्ययन सुरु गरिसकेको छ। चीनले भने सिनो भ्याक्स भ्याक्सिन ३ वर्षसम्मका बच्चामा प्रभावकारी रहेको दावी समेत गरेको छ।

स्रोत – यूरोन्युजडटकम


क्याटेगोरी : अन्य
ट्याग : #१२–१७ वर्ष उमेर समूह, #मोडर्नाको खोप, #यूरोपियन मेडिसिन एजेन्सी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ