२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यराष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


नुवाकोट—राष्ट्रका लागि युवा, सेभ द हार्टको आयोजना र नेपाली भाषीको सहयोगमा नुवाकोटको सुर्यगढी नगरपालिका—५ फेदीबेसीमा मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ९ सय ६५ जनाले सेवा लिएका छन् ।

आयोजककाअनुसार शिविरमा ५ सय ६५ जनाको मुटु परीक्षण गरिएको थियो भने १ सय जनाले स्त्री तथा प्रसुती सेवा लिएका थिए ।

यस्तै, ३ सय ६५ जनाले जनरल सेवा, ५ सय ४३ जनाको ल्याब परीक्षण, २ सय जनाको हाडजोर्नी, १ सय ३२ जनाको नाक, कान र घाँटी, १ सय १२ जनाको आँखा, १ सय ७६ जनाको दाँत, १ सय ४३ जनाको फिजियोथेरापी र १ सय ५८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सेवा लिएकामध्ये ८ जनामा मुटुको गम्भीर समस्या देखिएकाले उनीहरुलाई काठमाडौं ल्याएर निःशुल्क शल्यक्रिया गर्ने आयोजकले जनाएको छ । औषधी समेत अभाव हुने उक्त दुर्गम स्थानमा विशेषज्ञसहितको टोलीले निःशुल्क सेवा दिएको हो ।

जसमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, डा. सुनिता भट्टराई, डा. सहदेव बिडारी, डा. सरोज चौधरी, डा. निकोलस भुसाल, डा. भोला नेपाल, डा. नमराज राई, डा. आस्था पौडेल, डा. सचना सापकोटा, डा. बोधराज पौडेललगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो । साथै, ल्याब, नर्सिङ, इको, इसिजी, टिम लगायतका सबै स्वस्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ