२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप २२३७ जनामा कोभिड-१९ संक्रमण, १८ जनाको मृत्यु

नेपालमा थप २२३७ जनामा कोभिड-१९ संक्रमण, १८ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार २ सय ३७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जना कोभिड-१९ पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट ६ लाख ४३ हजार ६ सय १५ जनाले संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १८ जनाको कोभिड—१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)