२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोडर्नाले बालबालिकामाथि गरिने खोपको परीक्षण दायरा बढाउने

मोडर्नाले बालबालिकामाथि गरिने खोपको परीक्षण दायरा बढाउने


अमेरिका-मोडर्नाले बालबालिकाका लागि कोभिड खोपको क्लिनिकल परीक्षणको दायरा बढाउने भएको छ। लक्षित समुहलाई लगाइने भनिएको उक्त खोपको लागि हतार नगरी यो वर्षको अन्त्य अथवा सन् २०२२ को सुरुवातीबाट मात्रै आधिकारिक रुपमा परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ ।

‘हामीले यसबारे पहिला नै एफडीएसँग कुरा गरिसकेका छौँ। यसको उद्देश्य भनेको खोपबाट हुने वृहतस्तरमा  सुरक्षा र दुलर्भ घटनाबारे जान्नु हो,’ कम्पनीका प्रवक्ता रे जोर्डनले सिएनएनसँग भने।

पहिला परीक्षण गर्दा यसको परीक्षण दायरा ६ हजार ७ सय ५० जना बालबालिका थिए जो ६ महिनादेखि १२ वर्ष उमेर समूहका थिए। तर, अबको परीक्षणमा कति सामवेस गर्ने भन्नेबारे कम्पनीले खुलाएको छैन।

मोडर्नाले  १२ वर्षमुनिका बालबालिकाको लागि खोपको स्विकृती २०२१ तिर लिने योजना बनाएको जोर्डनको भनाइ छ । अहिले यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहमा लगाइदैंछ।

फाइजरले पनि बालबालिकामा खोपको परीक्षण दायरा बढाएको छ। प्रारम्भिक ट्रायलको बारेमा कुनै अपडेट आइनसकेको फाइजरका प्रतिनिधिले बताएका छन् । ८जुन तारिखमा ५ देखि ११ वर्षसम्मका बालबालिकामाथि ट्रायल गरिएको थियो। र, त्यसपछि २१ जुनबाट ५ वर्षमुनिकामाथि परीक्षण गरिएको थियो। जसमा अमेरिका, फिनल्याण्ड, पोल्याण्ड र स्पेनका गरेर ४ हजार ५ सय जनाको सहभागिता थियो।

५ देखि ११ वर्षमाथि गरिएको दोस्रो र तेस्रो ट्रायलको नतिजा सेप्टेम्बरसम्ममा र त्यसपछि ५ वर्षमुनिका बालबालिकाको आउने फाइजरले बताएको छ।

स्रोत – सिएनएन 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ