२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यइजरायलमा ६० वर्षमाथिका समूहलाई कोभिड खोपको तेस्रो डोज पनि दिइने

इजरायलमा ६० वर्षमाथिका समूहलाई कोभिड खोपको तेस्रो डोज पनि दिइने


इजरायलमा ६० वर्ष देखिमाथिका नागरिकलाई कोभिड-१९ विरुद्ध खोपको तेस्रो डोज दिइने भएको छ। अर्को साताबाट खोप लगाउन थालिने इजरायली स्वास्थ्य मन्त्रालयले घोषणा गरेको हो।

प्रधानमन्त्री नेफ्टाली बेनेटले स्वास्थ्य अधिकारीहरुसँगको बैठकमा ज्येष्ठ नागरिकलाई तेस्रो डोज दिने प्रस्तावको समर्थन गरेका हुन्।

स्वास्थ्य विदको एक सरकारी प्यानलको सिफारिसमा उक्त निर्णय भएको हो। ६० वर्षभन्दामाथिका समुहमा गम्भीर संक्रमण रोक्न भ्याक्सिनको प्रभावकारितामा कमी देखिएको बताइको छ।

३ महिनामा भ्याक्सिनको प्रभावकारिता १६ प्रतिशत घट्यो

एक्सपर्ट प्यानलले बुधबार राति भ्याक्सिनको प्रभावकारितासँग जोडिएको तथ्यांक सार्वजनिक गरेको थियो। जसअनुसार जनावरीमा खोप लगाएका ६० वर्षमाथिका नागरिकहरुमा गम्भीर संक्रमणबाट बच्नमा खोपको प्रभावकारिता अप्रिलमा ९७ प्रतिशत थियो। तर, जुलाईमा घटेर ८१ प्रतिशत पुगेको थियो। अर्थात, ३ महिनामा प्रभावकारिता १६ प्रतिशत कमि आयो।

पछिल्लो केहि सातामा गम्भीर बिरामीको संख्या बढेको छ। केहि विज्ञहरुले ६० वर्षभन्दा माथिकालाई दिनुभन्दा ६५ वर्षमाथिकालाई दिँदा उपयुक्त हुने उल्लेख गरेका थिए।

स्रोत – बिजनेश स्ट्याण्डर्ड


क्याटेगोरी : अन्य
ट्याग : #कोभिड खोप, #कोभिड खोपको तेस्रो डोज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ