२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यडेल्टा भेरियन्टलाई तत्काल नियन्त्रण गर्न नसके भयावह अवस्था पैदा हुन सक्ने डब्लुएचओको चेतावानी

डेल्टा भेरियन्टलाई तत्काल नियन्त्रण गर्न नसके भयावह अवस्था पैदा हुन सक्ने डब्लुएचओको चेतावानी

खोप अभियानलाई व्यापक पार्न सुझाव


अमेरिका समेत कयौं देशमा पुन: कोभिड संक्रमण बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ। अमेरिका र इजरायल जस्ता देशमा त मास्क लगाउनसम्म प्रतिबन्ध हटाइएको थियो। तर, कोभिड संक्रमण बढ्न थालेपछि फेरी प्रतिबन्धहरु लागु गरिएको छ।

अमेरिका र इजरायलमा अहिले मास्क लगाउन अनिवार्य गरिएको छ। यता, चीनमा पनि कयौं क्षेत्रहरुमा लकडाउन गरिएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले कुनै पनि हालतमा कोभिड नियन्त्रण गर्नै पर्ने जनाएको छ। नगरे सिंगो विश्वको अवस्था नै नियन्त्रण बाहिर जाने संगठनको भनाइ छ।

डब्ल्यूएचओले डेल्टा भेरियन्ट विश्वका १ सय ३२ देशमा फैलिएको बताउँदै भाइरसलाई नियन्त्रण गर्न नसके अवस्था झनै विग्रिने चेतावनी दिए। ‘कोभिड भाइरसको डेल्टा भेरियन्टमाथि कुनै पनि हालतमा एक्शन लिनै पर्ने समय आएको छ नत्र, सोचेको भन्दा पनि खराब अबस्था पैदा हुनसक्छ। किनकी यो तीव्ररुपमा फैलनुको साथै विकास पनि भैरहेको छ,’ डब्ल्यूएचओका निर्देशक माइकल रयानले एक प्रेस कन्फ्रेंसमा भने।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहनोम गिब्रयेसोसले अहिलेसम्म ४ वटा खतरनाक भाइरस फैलिरहेको छ जसले भविष्यमा अझै नयाँ भाइरस आउन सक्ने बताए।टेड्रोसले भने,’ डब्ल्यूएचओका ६ क्षेत्रमध्ये ५ क्षेत्रमा पछिल्लो ४ सातामा औसत संक्रमण ८० प्रतिशतसम्म बढेको छ। यो भेरियन्टले कयौं देशमा नराम्रोसँग प्रभावित पारिरहेको छ। जसमा भारत,इन्डोनेशिया, नेपाल र ब्राजिल मुख्य हुन्।’

अमेरिका र ब्रिटेनमा पनि डेल्टा भेरियन्ट काफी तीव्ररुपमा फैलिरहेको छ। डब्ल्यूएचओका निर्देशक रयानले यसलाई नियन्त्रण गर्न स्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नु अत्यन्त जरुरी रहेको जनाए ।

डब्ल्यूएचओका प्रमुखले भने, ‘खोप अभियानको रफ्तार तीव्र बढाउनु पर्ने छ मानिसलाई चाहिएको भ्याक्सिन छिटो भन्दा छिटो लगाउनुहोस किनकी डेल्टाबाट बच्ने उपाय भनेको अहिले खोप मात्रै हो।’

यूनाइटेड नेसनको विश्व स्वास्थ्य संगठनले अहिले पनि असामान्य तरिकाबाट खोप अभियान सुरु भएको बताएको छ। संगठनका अनुसार संक्रमण फैलिनबाट रोक्न प्रत्येक देशमा खोप पुग्नु जरुरी छ। यो सम्भब नभएमा नैतिक आक्रोशले जन्म लिनेछ।

स्रोत – द इकोनोमिक टाइम्स


क्याटेगोरी : अन्य
ट्याग : #Covid vaccination, #Covid-19 pandemic, #delta variants spread, #mutant virus, #खोप अभियान व्यापक, #डब्लुएचओ चेतावानी, #डेल्टा भेरियन्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ