२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्टार अस्पतालका मेडिकल निर्देशक डा. शैल रुपाखेतीलाई उत्कृष्ट व्यवस्थापक सम्मान

स्टार अस्पतालका मेडिकल निर्देशक डा. शैल रुपाखेतीलाई उत्कृष्ट व्यवस्थापक सम्मान


काठमाडौं—सानेपास्थित स्टार अस्पतालमा मेडिकल निर्देशक डा. शैल रुपाखेतीले उत्कृष्ट व्यवस्थापक सम्मानबाट सम्मानित भएका छन् । शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममाझ बारबरा फाउण्डेसनले कोभिड—१९ महामारीमा अस्पताल व्यवस्थापनमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दैं डा. रुपाखेतीसहित विभिन्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।

सिमित स्वास्थ्यकर्मीका साथै अन्य स्रोतको उत्तम व्यवस्थापन गरी कोभिड—१९ का बिरामीको उपचार र रोकथाममा उत्कृष्ट व्यवस्थापकीय भूमिका खेलेको भन्दैं उनलाई ‘बारबरा फाउण्डेसन कोभिड—१९ विशिष्ट सम्मान’ प्रदान गरिएको हो ।

सम्मान पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रदान गरेका थिए । डा. रुपाखेती नेतृत्वमा रहेको स्टार अस्पतालले कोभिड-१९ उपचार र रोकथाममा उल्लेख्य भूमिका खेलेको भन्दैं उक्त सम्मान दिइएको हो । उनी व्यवस्थापन र सार्वजनिक नीति विद्यातर्फबाट सम्मानित भएका हुन् ।

स्टार अस्पताल कोभिड-१९ को पिसिआर परीक्षण गर्ने पहिलो निजी अस्पताल पनि हो ।

डा. रुपाखेतीसँगै बारबरा फाउण्डेसनले कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका ८० जना व्यक्ति र ७ वटा संस्थालाई सम्मानित गरेको हो । संस्थागत विद्यातर्फ ७ वटा संस्था, व्यवस्थापन तथा सार्वजनिक नीतितर्फ १४ जना सम्मानित भएका छन् । यस्तै, चिकित्सा विद्याबाट २० जना चिकित्सक, नर्सिङ विद्यातर्फबाट २७ जना नर्स, मेडिकल सपोर्ट विद्यातर्फ ९ जना, स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई ‘बारबरा फाउण्डेसन कोभिड—१९ विशिष्ट सम्मान’ प्रदान गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ