२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य२ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु

२ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु


काठमाडौं-नेपालमा थप २ हजार ५ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २० जनाले कोभिड-१९ संक्रमण जितेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)