२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यराज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’

राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’


अहिले कोरोनाले देश आक्रान्त छ । अझैपनि नागरिकहरुले राम्रोसँग खोप प्राप्त गर्न सकिरहेका छैनन् । यसअघि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पाँच लाख मात्रा कोभिसिल्ड खोप स्टकमा रहेको छ भन्नुभएको थियो । तर, अहिलेसम्म पनि कोभिसिल्डको पहिलो मात्रा लगाएका १३ लाख ६५ हजार नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । उहाँले भन्नुभएको स्टकमा रहेको पाँच लाख मात्रा खोप खोइ ? स्वास्थ्य राज्यमन्त्रीज्यु जवाफ दिनुप¥यो ।

अर्को कुरा स्वास्थ्य संरचना भद्रगोल भयो । अहिलेसम्मका स्वास्थ्य मन्त्रीहरुले यसरी संरचना नै विगार्ने गरी काम गरेका थिएनन् । सिनियरलाई पन्छाउने र जुनियरलाई स्थान दिने काम भइरहेको छ । कोभिड महामारीको बेलामा स्वास्थ्य सेवा विभागमा १२ औं तहको कर्मचारी खटिनुपर्ने हो । त्यहाँको दरबन्दी पनि १२ औं तहको हो ।

तर, सिनियरलाई पन्छाएर जुनियरलाई किन लगियो ? कान्ति बाल अस्पतालका निर्देशक डा. आर.पी. बिच्छालाई मैले राम्ररी चिन्छु । उहाँले कान्तिमा राम्रो गर्नुभएको पनि थियो । तर, कान्ति बालको निर्देशक हटाएर किन १२ औं तहको कर्मचारी हुने ठाउँमा उहाँलाई लगियो । आजसम्म कुनैपनि मन्त्रीले यस्तो काम गरेको थिएनन् ।

१२ औं तहको व्यक्तिलाई तत्काल स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाऔं । यसरी चल्दैन । १२ औं तहको दरबन्दी हुनुपर्नेमा ११ औं तहको व्यक्तिलाई नेतृत्व दिनु के त्यो उचित हो ? स्वास्थ्य मन्त्रालय निष्पक्ष भएर अघि बढ्नुपर्छ ।

यस्तै, कोरोना विरुद्धको खोप कति प्राप्त भयो ? कहाँबाट आयो ? खोपको खरिद मूल्य कति हो ? कति रुपैंयाँमा खरिद गरिदैंछ ? मोर्डना, भेरोसेल, जोनसोन एण्ड जोनसोनको मुल्य कति हो ? कसरी नेगोसिएसन भयो ? यो विषयमा समितिलाई जान्न पाउने अधिकार हुन्छ ।

हामीले थाहा पाउनुप¥यो कता—कता प्रदेश र स्थानीय तहको अधिकार केन्द्रले खोस्दैछ भन्ने विषय बाहिर आएको छ । यस्तो कार्य सच्चियोस् । कोरोना रोकथाम र नियन्त्रण गर्न हामी साथ दिन तयार छौं । तर, समितिको निर्देशनलाई कार्यान्वयन गर्नुप¥यो ।

(अधिकारीले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा व्यक्त गरेको विचारको सम्पादित अंश)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ