२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्लड क्यान्सरले अस्पताल शैय्यामा रहेकी श्रीमतीको उपचार खर्च सकिएपछि खेमबहादुरद्वारा सहयोगको याचना

ब्लड क्यान्सरले अस्पताल शैय्यामा रहेकी श्रीमतीको उपचार खर्च सकिएपछि खेमबहादुरद्वारा सहयोगको याचना


काठमाडौं—ब्लड क्यान्सरको उपचार गराइरहेकी बालकुमारी जोगीको उपचार खर्च सकिएको छ । सिभिल अस्पतालमा उपचारत बालकुमारीको खर्च सकिएपछि उनका श्रीमान खेमबहादुर जोगीले सहयोगका लागि अपिल गरेका छन् ।

सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेकी २८ वर्षीया बालकुमारीको उपचार राम्रो हुँदै गएको चिकित्सकहरुले बताएका छन् । अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋणपान गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेमबहादुरले बताए ।

उनले २ नाबालक सन्तानकी आमालाई कसरी बचाउ भन्दै खर्च अभावले अस्पतालबाट उपचार हुँदाहुँदै कसरी निकाल्नु भनेर सहयोगका लागि अनुरोध गरेका हुन् ।

कटारी– १३, मयाँखु, उदयपुरका उनीहरु दैनिक मजदुरी गरेर धापासीमा बस्ने गर्थे । श्रीमती र १३ र ११ वर्षका दुई सन्तान गाउँमै बस्ने गरेका थिए ।

‘असारको अन्तिम साता बालकुमारीको दाँतबाट रगत आयो । काठमाडौं बोलाए । धापासीकै कान्तिपुर डेन्टलमा गएर जचाउँदा यो दाँतको सामान्य समस्या मात्र होइन्, शरीरमा सेतो रक्तकोषको कमि भएकोले क्यान्सरको शंका लागेपछि सिभिल अस्पताल रिफर गरेको थियो,’ उनले भने, ‘यहाँ आउदा ब्ल्ड क्यान्सर देखियो । अहिले यसैको उपचारमा लागिरहेका छौ ।’

उनले बिपन्न परिवारको मानिसले हरेक दिन औषधि र थेरापीको लागि खर्च धान्न नसकिने बताए । यस्तोमा उनले आफ्नै किड्नी पनि सुनिएकोबारे असारमा पत्ता लागेको तर श्रीमतीको यस्तो अवस्था आएपछि आफू बिरामी छु भन्न पनि नसकेको पीडा सुनाए ।

सहयोग गर्न चाहनेले उनलाई ९८६३८७९९३४ नंम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैकमा सहयोग जम्मा गर्न सकिनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ