२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअफ्रिकामा देखियो मारबर्ग भाइरस, मृत्युदर मात्रै ८८ प्रतिशत

अफ्रिकामा देखियो मारबर्ग भाइरस, मृत्युदर मात्रै ८८ प्रतिशत


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ महामारीकोबीच एक अर्को घातक भाइरस फेला परेको जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पश्चिमी अफ्रीकाको गिनी गणराज्यमा इबोला जस्तो प्राणघातक मारबर्ग भाइरस पहिलोपटक पुष्टि भएको हो।

गिनीको दक्षिणी क्षेत्र गुकेगुमा २ अगस्टमा एक बिरामीको मृत्यु पछि जाँच गरिएको स्याम्पलमा सो भाइरस पुष्टि भएको थियो। मारबर्ग इबोला कोभिड-१९ जस्तै भाइरस हो। जुन पशुपन्छी देखि मानिसमा सम्म फैलन्छ।

यसबाट मृत्युको जोखिम २४ देखि ८८ प्रतिशतसम्म छ। गिनी सरकारले देशमा उक्त भाइरस भएको पुष्टि गरेको छ। संगठनका अनुसार यसअघि सो भाइरस दक्षिण अफ्रिका, अंगोला, केन्या, युगांडा, र कांगो गणराज्यमा देखिसकेको छ।

मारबर्ग भाइरसबाट राष्ट्रिय र क्षेत्रीय स्तरमा खतरा अत्याधिक हुने तर, विश्वस्तरमा फैलिने खतराको कुनै सङ्केत नभएको संगठनले स्पष्ट पारेको छ। भाइरसलाई तत्काल त्यही रोक्नका लागि स्वास्थ्य विभाग टीमलाई खटाइएको छ।

सियेरा लियोनका वैज्ञानिकहरुले मारबर्ग भएको घोषणा सन् २०१८मा गरेको थियो तर, कुनै मानिसमा भने पाइएको थिएन। यो भाइरसको प्रमुख अड्डा फ्रुट ब्याट हो जसमा भाइरस लामो समयसम्म जीवित रहन्छ। जसको मद्दतले मानिससम्ममा पुग्न सक्छ।

यो भाइरसको चपेटामा आउने व्यक्तिमा एक्कासी ज्वरो, टाउँको दुख्ने, मांसपेसीमा दुखाइ र शरीरको कुनै भागबाट रगत आउने वान्ता गर्दा पनि रगत देखा पर्नु आदि लक्षण देखिन्छ।

यसको मात्र लक्षणको उपचार हुने गर्छ। जसले दुखाइ कम गर्न सकिन्छ। यसको कुनै औषधी वा खोप निस्किएको छैन।

एजेन्सी 


क्याटेगोरी : अन्य
ट्याग : #मारबर्ग भाइरस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ