२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सर पीडित जोगीलाई आर्थिक सहयोग

क्यान्सर पीडित जोगीलाई आर्थिक सहयोग


काठमाडौं – क्यान्सर पीडित बाल कुमारी जोगीको उपचारका लागि हिल नेपाल नामक संस्थाले ९३ हजार ३०० रुपैया सहयोग गरेको छ। मिनभवनमा अवस्थित निजामती अस्पतालमा ब्लड क्यान्सर उपचाररत बाल कुमारी जोगीको उपचारका लागि संस्थाले उक्त रकम सहयोग गरेको हो।

केही दिनअघि उनको उपचारका खर्च अभाव भएको श्रीमान् खेमबहादुर जोगीले सहयोगको लागि सरकार र सर्वसाधारणसंग अपिल गरेको समाचार प्रकासन भएपछि उनलाई सहयोग प्रप्त भएको हो।

हिल नेपालका सचिव ईश्वर दुलालले औषधी र उपचार नरोकयोस भनि महंगो रोगको उपचारमा थोरै रकम भए पनि सहयोग गरेको बताए।

कटारी- १३, मयाँखु, उदयपुरका खेमबहादुर दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दथे। श्रीमतीसहित १३ र ११ वर्षीय छोरा-छोरीहरु गाँउमै थिए। उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार राम्रो हुँदै गएको डाक्टरले बताएका छन्। तर, अस्पतालमा लामो समय राखेर उपचार गर्नुपर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताएका थिए।

असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा उपचार गराउन लगेका थिए। शरीरमा सेतो रक्तकोषको पनि कमि देखिए पछि क्यान्सर पनि हुनसक्छ भन्दै निजामती अस्पतालमा पठाउदा २८ वर्षीया जोगीलाई ब्लक क्यान्सर देखिएको थियो।

थप सहयोग गर्न चाहनेले आफूलाई ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैकमा जम्मा गरेर पनि सहयोग गर्न सकिने खेमबहादुर जोगीले जानकारी गराएका छन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ