२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपोलेको मकैको फाइदा : मधुमेह नियन्त्रणदेखि वजनसम्म घटाउने

पोलेको मकैको फाइदा : मधुमेह नियन्त्रणदेखि वजनसम्म घटाउने


हालै मनसुन चलिरहेको छ। यस्तो मौसममा पोलेको खानेकुरा खानुको मज्जै बेग्लै छ। त्यसमा पनि पोलेको मकै  जति खादा मज्जा आउँछ त्यति नै स्वास्थ्यको लागि पनि फाइदाजनक छ।

पोलेको मकैमा प्रोटीन, कार्बोहाइड्रेट, फाइबर, भीटामिन, खनिज र एन्टी-अक्सिडेन्ट भरपूर मात्रामा हुन्छ। पोलेको खाँदा पाचन शक्तिलाई राम्रो गर्छ। र, कयौं रोगहरुसँग लड्न मद्दत गर्छ। यसले डाइटमा खाँदा मधुमेह पनि नियन्त्रण गर्न सक्छ।

आउनुहोस् जानौं यसको फाइदाबारे…

१. आँखाको ज्योती बढ्छ

पोलेको मकैमा भिटामिन र एन्टीअक्सिडेन्ट हुन्छ जुन आँखाकालागि फाइदाजनक हुन्छ। पोलेको मकैमा केरोटीनोइड हुन्छ। यसले आँखाको प्रकाश बढ्ने गर्छ।

२. पाचन शक्ति बलियो बनाउँछ

यसले पाचन शक्ति राम्रो बनाउँछ । डाइटमा समावेश गर्दा कब्जियत, ग्यास र एसिडिटीको समस्याबाट छुटकारा पाइन्छ।

३. वजन घट्छ

भुटेको मकैले वजन घटाउन मद्दत गर्छ। यसको सेवनले पेट छिटै भरिन्छ र भोक पनि खासै लाग्दैन। यसमा फ्याटको मात्रा कम हुन्छ।

४. एनीमियाको जोखिम कम 

एनीमियाको जोखिम कम हुन्छ। यसमा भिटामिन बी १२, फोलिक एसिड र आइरन हुन्छ । यसको सेवनबाट शरीरमा रगतको कमी हुँदैन ।

५. इम्यूनिटी

भिटामिन बी-6, आइरन, भिटामिन ए, थियामिन, जिंक र म्याग्नेशियम भरपूर मात्रामा हुन्छ। यसको सेवनबाट शरीरमा शक्ति बढ्छ। र प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

६. डायबिटीज

यसमा फाइबर र कयौं भिटामिनहरु पाइन्छ। जो डायबिटीजका बिरामीका लागि लाभदायक हुन्छ। र, यसलाई नियन्त्रण गर्नमा मद्दत गर्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ