२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजर्मनीमा एक नर्सले कोभिड खोप भनेर नुनपानी दिएपछि..

जर्मनीमा एक नर्सले कोभिड खोप भनेर नुनपानी दिएपछि..


जर्मनीमा एक नर्सले कोभिड-१९ विरुद्ध खोप भन्दै सलाइन सोलुशन दिएको घटना बाहिरिएको छ। फ्रिसल्याण्डको एक खोप केन्द्रमा कार्यरत नर्सले ८ हजार भन्दा बढी नागरिकलाई खोप लगाएको मध्ये केहिलाई सलाइन सोलुशन दिएको प्रहरीले गरेको छानविनमा खुलेको हो।

प्रहरीले कोभिड खोपको नाममा नकल्ली खोप दिनु पछाडीको उद्देश्य खुलिनसकेको र अनुसन्धान जारी रहेको उल्लेख गरेको छ। प्रहरीका अनुसार स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा ‘कोभिडबारे नकारात्मक जानकारी’ लेख्नुको साथै सरकारको कोभिड सङ्क्रमण रोक्न गरिएको प्रतिबन्धको पनि आलोचना गरेकी छिन्।

सो नर्सले ८ हजार ६ सय बढी ज्येष्ठ नागरिकलाई दिएकी थिइन् । नक्ल्ली कोभिड खोप दिएको आशंकापछि ती नागरिकलाई पुन: एकपटक खोप लगाउन आग्रह गरिएको स्थानीय पार्षद स्वेन एम्ब्रोसीले प्रशासनले जनाएका छन् ।

जर्मनीमा ५५ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन्। जर्मन चान्सलर मर्केलले ७५ प्रतिशतलाई छिटो भन्दा छिटो खोप दिने घोषणा गरेका छन्।

प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई ती ४० वर्षीया स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा ‘कोरोनाबारे नकारात्मक जानकारी’ लेखेकी र सरकारले भाइरसको सङ्क्रमण रोक्न लगाएको प्रतिबन्धको पनि आलोचना गरेकी बताएका छन्।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ